मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
राजनीति
Oct 06, 2018
पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार
 बैतडी,  असोज २० ।  दशरथचन्द नगरपालिकाले महिला तथा बालबालिकाका लागि पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार पारेको छ । 

संविधान र कानूनअनुसार नगर क्षेत्रभरिका बालबालिका तथा महिलाको समग्र विकासमा सहयोग पु¥याउने लक्ष्यसहित रणनीतिक योजनाको खाका तयार पारिएको नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । बालबालिका र महिलाको समग्र विकासका लागि नगरपालिकाले लिने रणनीति, अवलम्बन गर्नुपर्ने नीति र योजनामा समेटिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सरोकारवालासँग पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गरेर रणनीतिलाई अन्तिम रूप दिनेछाँै ।” 

नगरपालिकाले तयार पारेको रणनीतिक योजनामा समावेश भएका कुरा कार्यान्वयनमा सरोकारवाला जोड दिएका छन् । यसअघि पनि थुप्रै नीति बनेकाले अबको योजना कार्यान्वयन हुने खालको बनाउनुपर्ने महिला अधिकारकर्मी सरस्वती भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाभित्र पनि थुप्रै दुर्गम क्षेत्र रहेकाले ती क्षेत्रका महिला तथा बालबालिकाको समस्या समाधान गर्ने खालका योजना समेटिनुपर्छ ।” रणनीतिक योजनालाई अन्तिमरुप दिएर कार्यपालिको बैठकबाट पारित गराउने बताइएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video