सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
समाज
Oct 06, 2018
नुवाकोट–गोंगबु सम्पर्क समाजद्धारा विश्वकिर्तिमानी केसी सहित जनप्रतिनिधिहरु सम्मानीत, नुवाकोटबासीहरु बिच एकतामा जोड
रबिन थपलिया । काठमाण्डौं । असोज २० । नुवाकोट–गोगबु सम्पर्क समाजद्धारा ९० घण्टा २ मिनेट निरन्तर बोलेर विश्वकिर्तिमानी गर्ने नुवाकोट शिवपुरीका अनन्तराम केसी सहित नुवाकोट घर भई टोखा नगरपालीकाका बिभिन्न वडाहरुमा बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । नुवाकोट घर भई स्थानीय विकास मन्त्रालयमा कार्यरत सहसचिब रुद्रसिंह तामाङले केसी सहित टोखा नगरपालीका वडा नं ११ का वडा अध्यक्ष तथा संस्थाका निर्वामान अध्यक्ष उत्तम अधिकारी, टोखा नगरपालीका १० का वडा अध्यक्ष मदुसुधन पाण्डे, टोखा नगरपालीका ११ का वडा सदस्य तथा संस्थाका उपाध्यक्ष महेश थपलिया तथा टोखा नगरपालीका वडा नं ८ का  वडासदस्यहरु निसा पाण्डे र सोभा तामाङलाई सम्मान गरे । 




नेपालीहरुको महानपर्व बिजया दशमी तथा सुभदिपावली लगायतको चाडपर्वको अवसरमा नुवाकोट–गोगबु सम्पर्क समाजले आज चियापान तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो । टोखा नगरपालीका ८ जालपाचोक स्थीत कराँते हलमा आयोजना गरिएको सुभकामना तथा चियापान कार्यक्रममा टोखा नगरपालीका भित्र बसोबास गर्ने नुवाकोटबासी बिच एकता, समन्वय र भातृत्व कायम गदै अगाडी बढनुपर्नेमा जोड दिइयो । 
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङले एक आसपसको तिक्ततालाई त्यागेर सस्थाको सर्बोपरी हितमा लाग्न सबैलाई सुझाब दिए । तामाङले बिभिन्न पेशा, व्यवसाय गरी टोखा नगरपालीका भित्र बसोबास गर्ने नुवाकोट जिल्लाबासीहरु बिचको एकताका लागि संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा प्रसंसा गरे । 
कार्यक्रममा समाजसेवी बाबुकाजी पाठकले नुवाकोटबासीहरु बिचको एकतालाई कायम गदै लानको लागि संस्थाको भुमिका प्रसंसनीय रहेको बताँउदै दशैंको अवसरमा सुभकामना व्यक्त गरे । 
कार्यक्रममा नुवाकोट–गोंगबु सम्पर्क समाजको निर्वातमान अध्यक्ष एवं टोखा नगरपालीका ११ का वडा अध्यक्ष उत्तम अधिकारीले आग्रह र पुर्वाग्रहलाई त्यागेर जिल्लाबासी बिच आपसी एकतामा जुटनुपर्ने बिचार व्यक्त गरे । 

कार्यक्रममा नुवाकोट–गोंगबु सम्पर्क समाजका अध्यक्ष राजाराम पुडासैनीले टोखा नगरपालीका भित्र बसोबास गर्ने नुवाकोटबासी बिचको एकतालाई कायम गदै जिल्लाबासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पुडासैनीले भने “नगरपालीका भित्र बसोबास गर्ने नुवाकोट जिल्लाबासी बिच कुनै बिबाद भयो भने आफु÷आफु बिच नलडनुस हामी तपाँईहरुको बिबाद मिलाएर जिल्लाबासीको एकतालाई बचाईराख्न चाहन्छौं ।”


sfdf

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गदै संस्थाका उपाध्यक्ष एवं टोखा नगरपालीका वडा नं ११ का वडा सदस्य महेश थपलियाले नेपालीहरुको महानपर्वहरुको उपलक्ष्यमा सबैमा सुभकामना व्यक्त गरे । 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video