सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
समाज
Oct 06, 2018
‘चिल्ड्रेन पार्क’ सर्वसाधारणका लागि खुला
  पर्सा,  असोज २० ।  वीरगञ्ज महानगरपालिकाको अलखिया मठस्थित माइराम पोखरीमा निर्माण भएको ‘चिल्ड्रन पार्क’ सर्वसाधारणका लागि खुला भएकोे छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज एक कार्यक्रमका बीच सर्वसाधारणका लागि पार्क खुला गर्नुभएको हो । 

नेपाल सरकार, नगर विकास कोष र महानगरपालिकाको रु तीन करोड ९८ लाखको लगानीमा रु छ हजार ५०० वर्गमिटर क्षेत्रफलमा सुविधा सम्पन्न पार्क निर्माण भएको हो । 

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत निर्माण भएको पार्कको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले माईराम पोखरी जग्गाको क्षेत्रफल चार बिघाभन्दा बढी भए पनि स्थानीयवासीले अतिक्रमण गरेका कारण हाललाई करीब एक बिघामा मात्र पार्क निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले अतिक्रमण गरिएका सार्वजनिक जग्गालाई फिर्ता लिने प्रक्रिया शुरु गरिएको र चाँडोभन्दा चाँडो जनताको नासो जनतालाई फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

महानगपालिकाका प्रमुख प्रसाशकीय अधिकृत डा मष्मीकुमार भुसालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले करोडौँको लगानीमा निर्माण भएको पार्क जनताको सम्पत्ति भएकाले यसको संरक्षणमा सबैले सहयोग रहनुुपर्ने बताउनुभयो । 

सर्वसाधारणका लागि खुला गरिएको पार्कमा वाटर फाउण्टेन, पदमार्ग, विश्राम स्थल, बालबालिकालाई खेल्ने चिप्लेटी, ब्याडमिन्टन कोट, टेबलटेनिस कोट, मञ्च र शौचालयसहित पार्कभित्र चारैतिर विभिन्न प्रजातिका फूल तथा रुखका बिरुवा लगाइएको महानगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video