दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी
शिक्षा /स्वास्थ्य
Oct 06, 2018
कक्षा ११ को परीक्षाफल विगतका वर्षभन्दा तीन महीना अगाडि नै नतिजा सार्वजनिक
 भक्तपुर,असोज  २०  राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । 

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कूल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थीको सहभागिता रहेका थिए । 

परीक्षामा ग्रेड ए प्लस अर्थात् जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार १४५ विद्यार्थी छन् । ग्रेड ए अर्थात् जिपिए तीन देखि ३.६० ल्याउने आठ हजार ९४९, ग्रेड बि प्लस अर्थात् जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार ११५ विद्यार्थी, ग्रेड बि अर्थात् जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७३१ रहेका छन् । 

त्यसैगरी ग्रेड सि अर्थात् जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार ७७०, ग्रेड सि अर्थात् जिपिए १.६१ देखि दुई ल्याउने ९२ हजार ग्रेड डि प्लस अर्थात् जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४०६, ग्रेड डि अर्थात् जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार १२७ र ग्रेड ई अर्थात् जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अक्षरांकन पद्धतिको आंशिकतर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डले नियमिततर्फ १०० विद्यार्थी, अक्षराङ्कन पद्धतितर्फ २७ आंशिकतर्फको परीक्षा रद्द गरेको र अङ्क प्रणालीतर्फ चार जना गरी कूल १३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ । गत जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा तीन महीना अगाडि नै नतिजा सार्वजनिक गरेको हो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video