सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
समाज
Oct 07, 2018
नुवाकोट–तारकेश्वर मैत्री समाजद्धारा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न, तारकेश्वर र नुवाकोटको बिकासमा एकजुट हुनुपर्नेमा जोड
काठमाण्डौं। असोज २१ । नुवाकोट–तारकेश्वर मैत्री समाजद्धारा बिजया दशमी, दिपावली लगायतका चाडपर्वहरुको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । हिन्दु परम्परा अनुसार व्राह्मणहरुद्धारा स्वस्ती वाचन सहित सुभारम्भ गरिएको कार्यक्रमको बैकटेश्वर मन्दीर गौशालाका पिठाधिश्वर श्री,श्री,श्री १००८ स्वामी मध्यम धराचार्य र बौद्ध धर्मगुरु एवं लुम्वीनि कलेज अफ बुद्धिष्ट फाउण्डेसनका प्राध्यापक डा. खेम्पो श्री सोनम युर्मे तामाङले उदघाटन गरेका थिए । 
Image may contain: 11 people, including Ramgopal Khadka, people smiling, people standing
कार्यक्रममा पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले दुई तिहाईको कम्युनिष्ट सरकारले जनभाबना अनुरुप सरकार सञ्चालन गर्न असफल भएको बताए । केसीले नेपालमा डेढ महिनामा मात्र ३७ बलात्कारको घटना घटनुले मुलुक जघन्य युग तर्फ प्रवेश गरेको बताँउदै सरकार त्यसलाई रोक्ने भन्दा मुखदर्सक बनेर बसेको आरोप लगाए । 
Image may contain: 7 people, including Ramgopal Khadka, people sitting and indoor
Image may contain: one or more people and people sitting

धर्मीक गतिबिधिहरु तोडनका निम्ती नभई जोडनका निम्ती हुनुपर्ने बताँउदै केसीले हत्या, हिंसा र बलत्कार जस्ता अपराध रोक्नका लागि धार्मीक जागरण गर्नुपर्ने बताए ।  
कार्यक्रममा नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले सरकार सञ्चालनमा केहि अवरोधहरु देखापरेपनि सुखी नेपाल समृद्ध नेपालीको अभियान मार्फत मुलुक समृद्धितर्फ लम्कन कसैले रोक्न नसक्ने बताए । खतिवडाले भने दुई तिहाई हाम्रो सरकारले अपेक्षा नगरेका केहि घटनाहरु भएका छन् त्यसलाई चिदैं हामी अगाडी बढने छौं । 
कार्यक्रममा पुर्वसंसद तथा नेकपाका नेता राजेन्द्रप्रकाश लोहनीले राजनीतिज्ञहरु लाखौं कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने शिक्षक जस्तै रहेको बताँउदै राजनीतिकर्मीहरुले समाजलाई सहि दिशातर्फ लैजानको लागि प्रशिक्षित गर्नुपर्ने बताए । लोहनीले भने हामीहरु भन्दा सिनियर नेताहरुबाट प्रशिक्षित भएर हाम्रा पुस्तालाई सिकाएर नयाँ पुस्ताहरुलाई नेतृत्व हस्तान्तरण गर्न चाहन्छौं, अव हाम्रा अग्रज नेताहरुले पनि त्यो वातावरण तयार गर्दिनुपर्दछ । 
कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर विश्वकिर्तिमानी राख्ने नुवाकोट शिवपुरीका अनन्तराम केसीले जिल्लाबासीहरुको एकताले तारकेश्रव र नुवाकोटको बिकासमा सहयोग पुग्ने बताए । 
Image may contain: 5 people, people smiling, people sitting
कार्यक्रममा चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिंह केसीले जिल्लाबासीको एकताको नाममा खुलेका संस्थाहरु कसैको स्वार्थ पुर्तीका निम्ती राजनीति गर्ने अखडा बनाउन नहुने बताँउदै संस्थालाई बिशुद्ध गैरराजनैतिक संस्थाको रुपमा अगाडी बढाउनुपर्ने बताए । केसीले संस्थालाई दिर्घकालीन सहयोग पुग्ने गरी आफनो तर्फबाट आर्थिक सहयोगको निम्ती पहल गर्ने बताए । 
Image may contain: 10 people, including Anuj Kumar Shrestha and Ramgopal Khadka, people sitting, people standing and outdoor
कार्यक्रममा नुवाकोट सरोकार समाजका सचिब अनुजकुमार श्रेष्ठ एकता र सदभाब मार्फत अगाडी बढदै नुवाकोटको बिकासमा लाग्न सबैसंग आग्रह गरे । 
नुवाकोट–तारकेश्वर मैत्री समाजका अध्यक्ष रामगोपाल खडकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङ, नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा, कोषाध्यक्ष महेन्द्र थिंङ, नेकपा नुवाकोटका नेताहरु केपी लामिछाने, पुर्णलाल श्रेष्ठ, लगायत बिभिन्न राजनैतिक दलका नेताहरु, पेशा व्यवसायीहरु लगायतको उपस्थीति रहेको थियो । 
Image may contain: 4 people, outdoor
कार्यक्रम सञ्चालन नुवाकोट–तारकेश्वर मैत्री समाजका सचिब पुष्पराज गजुरेल र उपाध्यक्ष बिनोद मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
Image may contain: 5 people, including Ramgopal Khadka, people smiling, people standing
sfdf
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video