सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
प्रमुख समाचार
Oct 07, 2018
गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ : महानिरीक्षक खनाल
 काठमाडौँ, असोज  २१ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ । 

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उहाँले भन्नुभयो । 

महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ भन्नुभयो । “लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,”उहाँले भन्नुभयो । 

महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पार्नुभयो । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उहाँको भनाइ थियो । 

राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताउनुभयो । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उहाँको भनाइ थियो । असोज १७ देखि सञ्चालन भएको खेल आज सकिएको हो । कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई रु ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु ३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई रु दश हजार नगद प्रदान गरिएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video