इटहरी, असोज २२ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गरीबी निवारणको आन्दोलनमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
आज इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाको २१आँै स्थापना दिवस समारोहलाई उद्घाटन गर्दै उहाँले घर गृहस्थीमा रमाउने महिला समुदायलाई सामाजिक आर्थिक एवं व्यापारिक क्षेत्रमा अग्रसर गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त सहकारीका महिलाले नमूना काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । सो संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने शेयर सदस्य, व्यवस्थापक, ऋणी र सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
सुनसरी जिल्लामा नै आर्थिक कारोवारका दृष्टिकोणले अग्रणी स्थानमा रहन सफल भएको उक्त संस्थामा हाल पाँच हजार ६०० महिला शेयर सदस्य रहेका र हालसम्म ४० करोडभन्दा बढीको आार्थिक कारोवार गरेको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।
यसैबिच नेपाली इटहरीकैे बहुउद्देश्यीय सहकारी संस्थाको १८औँ साधारणसभालाई काङ्ग्रेसका नेता तथा पूर्वराज्यमन्त्री सीताराम मेहताले सुनसरी जिल्लामा थुप्रै सहकारी संस्थाले ग्रामीण एवं शहरी क्षेत्रको गरीबी निवरणमा महत्वपूर्ण योगदान दिँदै आएकामा खुसी व्यक्त गर्नुभयो । समारोहमा ९१ वर्षीय धननारायण श्रेष्ठ र ८७ वर्षीया रणमाया श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै उक्त अवसरमा शेयर सदस्यका एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण गर्ने विद्यार्थी, उत्कृष्ट शेयर सदस्य एवं कर्मचारीलाई सम्मान गरिएको थियो ।