नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए  |  नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ एसपीको पदस्थापन, को कहाँ ?
पर्यटन /बिबिध समाचार
Oct 09, 2018
आइसिसी विश्व टी ट्वान्टी एशिया कपमा भुटानलाई पराजित गर्दै नेपाल विजयी
 काठमाडौँ, असोज २३   मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । 

मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र मलेसियालाई आठ आठ विकेट तथा थाइल्याण्डलाई १४० रनले पराजित गरेको थियो । 

जीतसँगै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपालले एशिया छनोटको दोस्रो चरण पक्का गरेको छ । नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ । छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । त्यस्तै एशिया छनोटबाट शीर्ष दुई टोलीले सन् २०२० मा अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको थियो । जवाफमा भुटान १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमा सीमित भयो । 

भुटानका लागि तेञ्जिङ वाङ्चुक जुनियरले सर्वाधिक ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । त्यस्तै सञ्जीवन गुरुङले ६ तथा रमेश गुरुङले ४ रन जोडे । 

नेपालका ललितनारायण राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने वसन्त रेग्मीले दुई तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट झारे । 
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १५० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै अनिलकुमार साहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ तथा करण केसीले ११ रनको योगदान दिए । भुटानका जिग्मी सिङ्गे, सञ्जीवन गुरुङ, थिन्ले र रमेश गुरुङले १–१ विकेट लिए । नेपालले बुधबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video