सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
अर्थतन्त्र/सेयरबजार
Oct 09, 2018
आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घट्यो
 काठमाडौँ,  असोज  २३ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर रु ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ । 

कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । अन्य समूह ११ दशमलब ६९ बिन्दुले बढ्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । 

बैंकिङ ३ दशमलब ८९, होटल २१ दशमलब ४३, विकास बैंक १ दशमलब ३८, जलविद्युत् १२ दशमलब ८२, वित्त १ दशमलब १, निर्जीवन बीमा ३७ दशमलब ६४, उत्पादन ११ दशमलब ८३, माइक्रोफाइनान्स ७ दशमलब ६२ र जीवन बीमा १८ दशमलब ६३ बिन्दुले घटेको छ । 

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका शेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने आज गुमाएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video