सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न  |  लागुऔषध सहित नियन्त्रणमा  |  ‘जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’
प्रमुख समाचार
Oct 10, 2018
सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा
 याम प्रधान 

इटहरी, असोज 
२४ ।  विगत बीस वर्ष अघिदेखि इटहरीमा सार्वजनिक दशैँघर स्थापना गरेर सार्वजनिक रुपमा जमरा राख्दै आएका इटहरीवासीले यो वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर दशँैघरमा जमरा राखेका छन् । 

इटहरी उपमहानगरपालिकामा लामो समयदेखि विशेष ढङ्गले सतसङ्ग मन्दिरसँगको सहकार्यमा दशैँ बढाइँसमेत गर्दै आएका इटहरीवासीले यो वर्ष झनै व्यवस्थित ढङ्गले दशैँको जमरा राख्ने कार्यदेखि दशैँघरलाई भव्यरुपमा स्थापना गरिएको अध्यक्ष विजय केसीले जानकारी दिनुभयो । उपमहानगरपालिकाको २० वटा वडालाई समेटेर यो वर्ष टोलटोलबाट भजनकीर्तनसहितको टोली परिचालन गरी विभिन्न जातजातिसहितको झाँकीले उपमहानगर क्षेत्रको फूलपाती बढाइँ गर्ने योजना तयार गरिएको सार्वजनिक दशैँ पुजा समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । 

दशैँघरमा इटहरीवासीलाई दशैँको खुशियालीमा स्व टेकनारायण चौधरी प्रतिष्ठानले सामूहिक भोजको प्रबन्ध गर्नेछ । दशैँघरमा विगत वर्षभन्दा धेरै जमरा राखिएको छ । 

महिला समितिका संयोजक सुमी थापाले दशैँभरि सार्वजनिक दर्शन र पूजाघरमा भजनकीर्तनसहित धुमधामसँगै धार्मिक एवं जातीय सांस्कृतिक मनोरञ्जनका कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । प्रत्येक वर्ष छठपर्व धुमधामसँग मनाउँदै आइएको बूढीगङ्गा तटमा यो वर्षदेखि सूर्य भगवान्को पूजाका लागि विधिपूर्वक मन्दिर नै निर्माण गर्ने उद्देश्यले आज शिलान्यास गरिएको छ । 

उदाउँदो र अस्ताउँदै सूर्य भगवान्को भक्तिपूर्वक पूजा गरिने छठ माताको भव्य रुपमा पूजापाठ गर्न बूढीगङ्गा खोलाको पूर्वी तटमा एक कट्ठा जमीनको क्षेत्रमा सूर्य भगवान्को मन्दिर निर्माण गरिने भएको हो । 

रु दुई लाख बढीको लागतमा फाइबरको सूर्य भगवान्को पूर्ण कदको मूर्तिसमेत तयार गरिसकिएको सार्वजनिक छठ पूजा समितिका अध्यक्ष रामहृदय रामले जानकारी दिनुभयो । राधाकृष्ण भक्ति साधना प्रतिष्ठानले उपलब्ध गरेको उक्त जमीन क्षेत्रमा रु २५ लाख बढीको लागतमा मन्दिर निर्माण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सुन्दर हरैचा नगरपालिका–५ स्थित बूढीगङ्गाको पूर्वी तट क्षेत्रमा निर्माण गरिने सूर्य भगवान्को मन्दिरले उक्त क्षेत्रलाई धार्मिक तीर्थस्थलको थप पहिचानका लागि बल पुग्ने विश्वास गरिएको छ । 

बराहक्षेत्र मन्दिरका पीठाधीश बालसन्त मोहनशरण देवाचार्यद्वारा स्थापित राधाकृष्ण भक्ति साधना प्रतिष्ठान केन्द्रले विभिन्न समाजसेवी जग्गादाताबाट प्राप्त जमीनबाट सूर्य भगवान्को मन्दिर निर्माणमा उक्त जमीन उपलब्ध भएको बताइएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video