पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा
प्रमुख समाचार
Oct 10, 2018
माङ्सेबुङका पशुमा खोरेत
 मङ्गलबारे,  असोज २४  माङ्सेबुङ गाउँपालिकाको गजुरमुखी र इभाङका पशुमा दुई हप्तादेखि खोरेत रोगको सङ्क्रमण देखापरेको छ । सो क्षेत्रका अधिकांश गाई, गोरू, बाच्छाबाच्छी ,खसि  र बाख्रामा खोरेत देखिएको हो । 

धेरैजसो पशुका खुर र मुखमा घाऊ भएको छ । रोग लागेपछि पशुले घाँस खान छाडेको, हिँड्न र उभिन नसकेर लड्न थालेको स्थानीयवासी मित्रप्रसाद न्यौपानले बताउनुभयो । बाहिरबाट ल्याइएका राँगाबाट खोरेत सरेको पशुसेवा प्राविधिक कमल चौहानले बताउनुभयो । गाउँ कार्यपालिकाले अहिले खोरेत नियन्त्रण अभियान सञ्चालन गरेको छ । टोलीले गजुरमुखी र इभाङमा खोप लगाउने काम गरिरहेको छ । 

“खोरेत नियन्त्रण हुँदै गएको छ,” चौहानले भन्नुभयो । रोग देखिएपछि विराटनगरस्थित क्षेत्रीय प्रयोगशालामा पशुको रगत परीक्षण गरिएको थियो । परिक्षणका क्रममा खोरेत भएको पत्ता लागेको थियो । रोग फैलिन नदिन खोप लगाउने काम भइरहेको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video