प्रमुख समाचार
Mar 09, 2012
नेपालीले सांस्कृतिक परम्पराअनुसार खिर खाँदै १५ साउन चाड मनाइदै

काठमाडौ, १५ साउन । आज १५ साउन नेपालीले सांस्कृतिक परम्पराअनुसार खिर खाने चाड मनाइरहेका छन् । कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।

खेतीपातीको काम सकेपछि मीठो खाने चलन भएअनुसार तत्कालीन समयमा खिरलाई मीठो परिकारका रुपमा लिइएकाले आजको दिनलाई खिर खाने दिनका रुपमा मनाउने गरिएको हो । १५ असारमा दही च्युरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीले असारको व्यवस्तताबाट केही राहत मिलेपछि १५ साउनमा खिर खाने गर्छन् । यो चलन कहिलेदेखि चलेको हो भन्नेबारे भने प्रस्ट छैन ।

परापूर्वकालदेखि नै पुर्खाले मौसमअनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । परम्पराअनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्बत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, १५ माघमा मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पूर्णिमा योमरी खाने चलन नेवार समुदायमा छ ।

आज खिर खाने दिन भएकाले बजारमा दूधको अत्याधिक खपत बढेको छ । अघिपछिको दिनको तुलनामा आज दोब्बर दूध बिक्री भएको दुग्ध व्यापारीहरुले बताएका छन् । उपत्यकामा आज १५ साउनमा खिर खाने भनिए पनि देशका विभिन्न भागमा भने साउन महिनाभर एकदिन खिर खानुपर्छ भन्ने मान्यता रहेको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video