नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए  |  नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ एसपीको पदस्थापन, को कहाँ ?
प्रमुख समाचार
Oct 10, 2018
माछा मासु बिक्रीमा हेलचेक्र्याइँ
 फिदिम, असोज २४ ।  माछा मासुको बिक्रीमा हेलचेक्र्याइँ गरेको पाइएको छ । अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ गरेको पाइएको हो । 

पाँचथरमा ५६ माछा मासु बिक्री गर्ने पसल छन् । सदरमुकाम फिदिममा मात्रै ३३ पसल छन् । फिदिममा सञ्चालित पसलबाट दैनिक झण्डै ४०० किलो मासु बिक्री वितरण हुने गरेको पाइएको छ । बिक्री वितरण व्यवस्थित र स्वच्छ रुपमा बिक्री वितरण हुन नसकेको अनुगमन टोलीको निष्कर्ष छ । दशैँलगायत पर्वलाई केन्द्रित गरी टोलीले यहाँका माछा मासु पसलको अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा माछा मासु काट्ने हतियारमा खिया लाग्नुका साथै राम्रोसँग सफा नगरेको पाइएको छ । “माछा मासु पसलमा सरसफाइ न्यून रहेको पाइएको छ,” जिल्ला पशुसेवा कार्यालयका पशु सेवा प्राविधिक नीरज भट्टराईले भन्नुभयो, “पशुको बध गर्ने स्थान निकै फोहर रहेको पाइएको छ । बिक्री वितरण गर्ने स्थान दुर्गन्धित हुँदा मासुको स्वच्छतामा कमी पाइएको छ ।” 

अनुगमनका क्रममा बधशाला र बिक्री स्थलमा पानीको निकास र सरसफाइ हुन नसकेको, साँघुरो ठाउँमा राँगा तथा बङ्गुरको मासु बिक्री हुने गरेको पाइएको छ । अनुगमन टोलीले व्यवसाय दर्ता नगरी सञ्चालित माछा मासु पसललाई कानूनी दायरामा ल्याउन सुझाव दिएको छ । अनुगमनमा पशुसेवासँगै जिल्ला प्रशासन, जिल्ला प्रहरी, फिदिम नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video