धर्म/संस्कृति
Oct 10, 2018
काठमाडौको बैखुमा बुद्ध चैत्य निर्माण हुँदै ,निर्माण सम्पन्न गर्न आर्थिक अभाब
श्याम ङेसुर तामाङ काठमाडौ असोज २४ । काठमाडौ जिल्ला,तारकेश्वर नगरपालिका वर्डा न.५ बैखुमा बिकासको लहर छाएको छ । स्थानिय युवा समाजसेबी एबम कोरोना ईलेक्ट्रीकल ईन्जिनियरिङका प्रबन्ध निर्देशक बुद्धदेब रुम्बा लामाको पहलमा खानेपानी ट्याङकी ,बुद्ध चैत्य,बैखु टोल सुधार समिती तथा सामुदायिक भवन निर्माण ,सेतिदेबी मन्दिर ,कालिदेबी मन्दिरको एक्कैसाथ मर्मत सुधार,जिर्णोद्वार कार्य तिब्र गतिमा भैरहेको छ ।

बुद्ध चैत्य निर्माण तथा अन्य कार्यको लागि सहयोगी दाता ,स्वयम् आफैले ब्यक्तिगत ५ लाखभन्दा बढी रकम खर्ची सकेको ,यता तारकेश्वर नगरपालिका वर्डा न.५ वर्डा कार्यालयले ३ लाख रुपैया सहयोग गरेको समाजसेबी ,स्थानियबासी तथा ब्यवसायी लामाले जनाएका छन ,एक अर्को प्रसङ्गमा बुद्धदेब लामाले अझै कार्य सम्पन्न गर्न ७ लाख रुपैया रकमको आवस्यक रहेको बताउनु भएको छ । यता तारकेश्वर नगरपालिका वर्डा न.५ का वर्डाअध्यक्ष बासु गौतमले बैखु टोल सुधार समितिको सम्योजनमा स्थानियबासिको सहयोगमा निर्माण हुँदै गरेको बुद्ध चैत्य निर्माण ,बिकासका गतिबिधी सम्पन्न गर्न वर्डाले आर्थिक ब्यवस्थापन गर्न ओभरसियरलाई ईष्टमेट गर्न लगाएको ,ईष्टमेट बमोजिम आएको रकम वर्डाको बोर्ड बैठकले अनुमोदन गरेर सहयोग गर्ने बताए ।

त्यस्तै गरि बैखु टोलसुधार समितिका अध्यक्ष अरुण तामाङले बुद्ध चैत्य,सामुदायिक भवन निर्माण तथा सेती देबि मन्दिर ,कालिदेबी मन्दिरको मर्मत सुधार ,जिर्णोद्वारको लागि सबैको सर सहयोगको अपेक्षा रहेको बताए । हालसम्ममा बुद्ध चैत्य,भवन निर्माण ,मठमन्दिरको मर्मत सुधारको लागि रु.१२ लाख भन्दा बढी खर्च लागि सकेको समितिका सचिब दिपेश पाख्रीन तामाङ जनाएका छन ।


dfd


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video