नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
स्थानीय सरकार
Oct 11, 2018
बालमैत्री स्थानीय शासनका सूचक पूरा
 कालिकोट, असोज  २५ ।  जिल्लाको तिलागुफा नगरपालिका–१ र ३ वडाले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेको छ । यी वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार असार २१ गते निर्धारण गरिएका २८ वटा सूचक पूरा गरेका हुन् । राष्ट्रिय रणनीतिका २८, संस्थागत १२ र १६ खुड्किला पार गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने उक्त नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । 

सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोट शाखाको सहजीकरणमा बाल सहभागिता, बाल विकास, बाल संरक्षणसम्बन्धी सूचक पूरा भएका छन् । बाल सहभागितासम्बन्धी ६, बाल विकाससम्बन्धी ५, बाल संरक्षणसम्बन्धी ५ र बाल बचाउसम्बन्धी ९ सूचक पूरा भएको जिल्ला बाल क्ल्याण समितिका अध्यक्ष लालबहादुर मल्लले बताउनुभयो ।शतप्रतिशत सूचक पूरा भए पनि शिक्षा र बाल संरक्षणका केही सूचक ८० प्रतिशत पूरा भएको उक्त नपा–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार वडाभित्रका केही विद्यालयमा विद्यार्थीका अनुपातमा बालमैत्री शौचालय अपुग छ । 


जिल्ला तथा नगरपालिका बालमैत्री स्थानीय शासनका पदधिकारीको संयुक्त अनुगमनपश्चात हालै सदरमुकाम मान्ममा बसेको बैठकले अनुगमन गरिएका उक्त नगरपालिकाका १ र ३ वडालाई आगामी कात्तिक १६ गते बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी गरेको छ भने वडा नं २ र ४ लाई यसअघि नै घोषणा गरिसकेको नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले बताउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video