सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
अर्थतन्त्र/सेयरबजार
Oct 12, 2018
चाड पर्वको अवसरमा निमार्ण व्यवसायी महासंघद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
काठमाण्डौं । असोज २६ । विजया दशमी तथा शुभ दिपावली, नेपाल सम्बत् ११३९ र छठ पर्वको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले शुक्रवार राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, नेकपा नेतृ शशि श्रेष्ठ, नेपाली कांग्रेसका नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुन नरसिंह केसी, बालकृष्ण खाँड, सुरेन्द्र पाण्डे, जीपछिरिङ लामा शेर्पा, नेविसंघका अध्यक्ष नैन सिंह महर, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतको उपस्थिति रहेको थियो । चियापान कार्यक्रममा निर्माण व्यवसायीहरु सहित विभिन्न पेशा तथा क्षेत्र आबद्ध व्यक्तिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रमको व्यवस्थापन महासंघ एसोसिएट सदस्य समन्वय समितिले गरेको थियो । विजया दशमी तथा शुभ दिपावली, नेपाल सम्बत् र छठ पर्वको अवसरमा महासंघले वर्षेनी आफ्नै कार्यालयमा चियापन कार्यक्रम गर्दै आएको छ । यसैबीच महासंघ परिसरमा निर्र्माण गरिएको अत्याधुनिक मल्डिमिडिया सहितको सभाकक्षको शुक्रवार उद्घाटन गरियो ।

निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहनु भएका भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयका सह–सचिव केशव शर्माले उक्त अत्याधुनिक सभाकक्षको उद्घाटन गर्नु भएको हो । शर्माले निर्माण व्यवसायीहरुको वृद्धि विकास तथा क्षमता अभिवृद्धिका लागि निर्माण व्यवसाय विकास कार्यान्वयन समिति जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले परिष्द, सिटीइभीटी तथा महासंघ  मिलेर चाँडै निर्माण व्यवसायीहरुका लागि तालिम केन्द्र संचालन गरिने जानकारी दिनुभयो । महासचिव रोशन दाहालले निर्माण व्यवसायीहरुलाई दक्ष बनाउन परिषद्बाट भइरहेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video