प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
मनाेरञ्जन/रोचक
Nov 02, 2018
‘खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई
 काठमाडौँ, कात्तिक १६ ।  फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । 

पुरस्कार छनोट समिति संयोजक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले आज ‘खोज पत्रकारिता पुरस्कार’ हिमाल खबरपत्रिका विशेष संवाददाता रमेश कुमार (काठमाडौँ) र ‘साहसिक पत्रकारिता पुरस्कार पत्रकार रामविकास चौधरी (रुपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको छ । संयोजक विरही रहेको पुरस्कार छनोट समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, खोज पत्रकारिता केन्द्रका प्रधानसम्पादक शिव गाउँले, नेपाल वातावरण पत्रकार समूहका तर्फबाट आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापक बद्री पौडेल र फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहाल हुनुहुन्थ्यो ।  

खोज पत्रकारितामार्फत देशको प्रशासनिक, आर्थिक नीति र तीनको कार्यान्वयनमा लुकाइएका विषयवस्तुलाई उधिनेर जनसमक्ष ल्याई राज्यका निकायका कमिकमजोरी राज्य शक्ति तथा स्रोतको दुरुपयोग जस्ता विषयमा र आम पाठकलाई सचेत गराइ नीति तथा व्यवहारमा सुधार ल्याउन र सुशासन निर्माणमा योगदान पु¥याएवापत खोज पत्रकारिता पुरस्कार रमेशलाई प्रदान गरिएको हो । 

विभिन्न समयमा भौतिक आक्रमण तथा ज्यानको धम्कीका बाबजुद निडर रही स्थानीय तहमा भएका प्रशासनिक तथा आर्थिक विसङ्गति, स्रोतको दुरुपयोगजस्ता विषयमा निरन्तर चासो र खोजबिन गरी विभिन्न आमसञ्चारका माध्यमबाट समाचार प्रवाह गर्न मोफसलमा निरन्तर सक्रिय रहेकाले चौधरीलाई ‘साहसिक पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिएको हो । प्रशंसापत्रसहित पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । दुवै पुरस्कार पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रदान गरिनेछ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video