आज मिति २०७६ मंसिर २९ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता
प्रवासी खबर
Nov 14, 2018
सुकीलाई दिइएको सम्मान एम्नेष्टी इन्टरनेशनलद्वारा फिर्ता
 नेपित, कात्तिक २८  ।  एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । 

गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले “एम्बेसेडर अफ कन्साइन्स अवार्ड” फिर्ता लिएको जनाएको छ । 

सुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुनुहुन्छ । उहाँ विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार विजेता पनि हुनुहुन्छ । सुकीलाई एम्नेस्टी इन्टरनेशनलले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ दिएको थियो । 

म्यानमारको सैनिक सरकारबाट आफ्नै घरमा नजरबन्दमा रहँदा सुकीलाई सो सम्मान दिइएको थियो । 

म्यानमारका अल्पस्ांख्यक रोहिङ्ग्या नागरिकलाई सुकी सरकारमा रहेका बेला नराम्रो व्यवहार भएको र उहाँले छिमेकी देश बङ्गलादेशमा शरणार्थीका रुपमा बसिरहेका उनीहरुलाई स्वदेश फिर्ता गर्न कुनै पहल नगरेको विश्व समुदायको गुनासो रहेकै बेला एम्नेस्टीले उहाँलाई दिएको पुरस्कार नै फिर्ता लिएको हो । 

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सन् २००९ मा दिइएको उक्त सम्मान फिर्ता गरिएको जानकारी ट्वीटरमार्फत जनाउनुभएको छ । 

उहाँले आफ्नो ट्वीटर अकाउन्टमा लेख्नुभएको छ– सुकी एक समय आशा, अपेक्षा र साहसको प्रतीकका रुपमा उभिनुभएको थियो र उहाँले म्यानमारमा मानव अधिकारको रक्षाका लागि लड्ने एक अथक योद्धाको परिचय स्थापित गर्नुभएको थियो र हामीले यो उच्च सम्मान दिएका थियौँ ।

तर अहिले त्यस्तो अवस्था रहेन । उहाँलाई प्रदान गरिएको सो पुरस्कारको धेरै अपमान भएकाले आजका मितिदेखि सो सम्मान फिर्ता लिएका छौँ, नाइडूले भन्नुभएको छ । 

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सम्बोधन गरी पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिइएको पनि बताउनुभएको छ । 

साथै महासचिव नाइडूले सुकी म्यानमार सरकारको नजरबन्दमा रहेको समयमा देखाएको तथा दशकौँसम्म उहाँको प्रजातन्त्रप्रति निष्ठा रहेकामा अहिले आएर देखाएको यो व्यवहारबाट आपूm र सिंगो एम्नेस्टी इन्टरनेशनल स्तब्ध र दुःखी भएको पनि बताउनुभएको छ । 

सुकीलाई म्यानमार सरकारले उहाँकै घरमा नजरबन्द गरेर राखेको थियो । उहाँलाई एमनेस्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ पनि घोषणा गरेको थियो । 

राजनैतिक बन्दी घोषणा गरेको २० वर्षपछि सुकीलाई एम्नेष्टीले आफैँले प्रदान गरेको अर्काे सर्वोच्च सम्मान पनि फिर्ता गरेको जनाएको छ । एम्नेस्टीको यो सर्वाेच्च सम्मान यसअघि दक्षिण अफ्रिकाका सर्वाेच्च नेता नेल्सन मन्डेलाले पाउनुभएको थियो । 
(रासस/एएनआई) 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video