सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 13, 2019
एफपियु प्रि.डिप्लोएमेन्ट तालिम सम्पन्न
काठमाडौं, २९ पुस । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा केन्द्रीय प्रहरी विशेष कार्यदल कपनमा संचालित १६ औं समूहको एफपियु प्रि(डिप्लोएमेन्ट तालिम ९युनामिड, सुडान०  आइतबार एक कार्यक्रमवीच सम्पन्न भएको छ ।  
कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका संयुक्त राष्ट्र संघका मान्यताहरु, नीति नियमहरुलाई पालना गर्दै अनुशासित भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।  
प्रहरी नायव महानिरीक्षक जोशीले फरक वातावरण, धार्मिक, सांस्कृतिक, रीतिरिवाज तथा द्वन्द्वग्रस्त एवं संवेदनशील स्थान भएकोले मिसनमा खटिने प्रहरी कर्मचारीहरुले पूर्ण उत्तरदायी, सहयोगी र एक आपसी समन्वय गरेर आफूलाई दिएको जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बोहराले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा कन्टिजेन्ट कमाण्डर प्रहरी उपरीक्षक मिरा चौधरीले प्रशिक्षार्थीको तर्फबाट मन्तव्य व्यक्त गर्दै मिसनमा रहँदा गर्नुपर्ने काम, कर्तव्य एवं जिम्मेवारी लगायतका विषयमा तालिमबाट जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो ।  
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेखबहादुर कुँवरले स्वागत मन्तव्य तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
गत कात्तिक ७ गतेबाट संचालित जम्मा ४८ कार्य दिन अवधिको उक्त तालिममा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ७, प्रहरी निरीक्षक ४, प्रहरी नायव निरीक्षक ३४,  प्रहरी सहायक निरीक्षक ४९, प्रहरी हबल्दार ८६, प्रहरी जवान ८ र प्रहरी कार्यालय सहयोगी ९ जना गरी कूल १ सय ९८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video