प्रवासी खबर
Jan 13, 2019
महासेनानीको व्यापक सरुवा, कस्को सरुवा कहाँ ?
काठमाडौँ । नेपाली सेनाका सात जना प्रमुख सेनानीहरू महासेनानीमा बढुवा भएका छन् । बढुवा हुनेहरूमा राजेन्द्र श्रेष्ठ, कान्छाकाजी श्रेष्ठ, हेमकुमार गिरी, प्रसिद्ध बस्न्यात, दिप सिंह, राजेन्द्रप्रसाद सुनुवार र खेमनारायण पौडेल छन् । बढुवा भएकाहरूको पदस्थापन पनि गरिएको छ । श्रेष्ठलाई मानव अधिकारी निर्देशनालयको सहनिर्देशक, कान्छाकाजी श्रेष्ठलाई सहचिफ अफ स्टाफ मध्यपूर्वी पृतना हेडक्वार्टर, गिरी सहायक बाहिनीपति नं. २२ बाहिनी अड्डा, बस्न्यात सहायक बाहिनीपति १७ नम्बर बाहिनी, सिंह पृतना सहचिफ अफ स्टाफ मध्यपृतना हेडक्वार्टर, सुनुवार सैनिक तालिम तथा ¥याफ्टिङ महानिर्देशनालय र पौडेल असवाव निर्देशनालयको निर्देशकमा पदस्थापन भएका छन् । त्यसैगरी सैनिक मुख्यालयले १३ जना महासेनानीको सरुवासमेत गरेको छ । सरुवा हुनेहरूमा चोपबहादुर ढकाललाई सैनिक इन्टिलिजेन्स महानिर्देशनालय, आनन्दसिंह भाटलाई सहायक बाहिनीपति नम्बर २३ बाहिनी अड्डा, इन्द्रबहादुर रायमाझीलाई पृतना सहचिफ अफ स्टाफ उपत्यका पृतना हेडक्वार्टर, उत्तमकुमार विष्टलाई सहचिफ अफ स्टाफ मध्यपश्चिम पृतना, किरण केसीलाई सहचिफ अफ स्टाफ मध्यपृतना हेडक्वार्टर, सोभित अधिकारीलाई सहचिफ अफ स्टाफ मध्यपूर्वी पृतना, भरतचन्द्र गुरुङलाई निरीक्षण निर्देशनालय, भोलानाथ थापालाई सैनिक वार कलेज, ज्योतिन्द्र महत युद्धकार्य निर्देशनालय बलाधिकृत विभाग, मनोज सिलवाल सैनिक जनसम्पर्क निर्देशनालय, रञ्जित थापालाई सह निर्देशक कल्याणकारी योजना निर्देशनालय, रामकाजी थापा पृतना सहचिफ स्टाफ मध्यपश्चिम पृतना र कमल बानिया २६ नम्बर बाहिनीको सहायक बाहिनीमा सरुवा भएका छन् ।
पूर्णचन्द्र थापा प्रधानसेनापति भएसँगै सर्टिफिकेट काण्ड लागेर केही जर्नेल घर गए भने उपरथीको बढुवा प्रक्रिया पनि लम्बिने भएको छ । उपरथी पदोन्नतिका लागि पहिलो नम्बरमा सरोजप्रताप राणा, दोस्रोमा बालकृष्ण कार्की, तेस्रो अनन्त कार्की, चौथो सीताराम खड्का र पाँचौँ नम्बरमा ताराध्वज पाण्डे सिफारिश भइसकेको छ । सरोजप्रतापको हकमा २०२२ साल जन्ममिति लेखेकोलाई केरमेट गरिएको भेटिएपछि विवाद उत्पन्न भएको हो । यदि उनको जन्ममिति ०२१ साल हो भने जागिर उनले खान पाउँदैनन्, ०२३ साल हो भने एसएलसी दिने उमेर पुग्दैन । ०२३ साल भयो भने एसएलसी दिँदाको उमेर १४ वर्ष हुन्छ, जुन त्यसबेलाको नियमले मिल्ने कुरा होइन । पाँचौँ नम्बरमा सिफारिश भएका ताराध्वज पाण्डेको कमाण्ड पुगेको छैन । गणपति हुँदा संकटकालताका बर्दियामा उनको १० महिने कमाण्ड छुटेको थियो । बढुवाका निम्ति १२ महिना कमाण्ड पूरा गरेको हुनुपर्छ । त्यो पनि संकटकालीन स्थितिलाई मध्जनजर गर्दै १२ महिना कायम गरिएको हो, नत्र सामान्यतया दुई वर्षको कमाण्ड कन्ट्रोलको अनुभव बढुवाका लागि योग्य मानिन्छ । ताराध्वजलाई पवन पाँडेले स्नातक नगरीकन हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्ष गर्न दिएका थिए । त्यो कोर्ष नगरेको भए तलैबाट घर जान्थे । त्यसमा ताराध्वजसहित अशोक सिग्देल, निर्मल थापा, सञ्जयसिंह भण्डारीहरू थिए । उनीहरूले पछि सर्टिफिकेट फेरेर त्यो कोर्षलाई वैधानिक बनाएका हुन् । यसअघि उपरथीहरू– अनुज बस्नेत, शेखर बस्नेत, देव सुवेदी र प्रल्हाद थापा अवकाश भएका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video