विचार/अन्तरवार्ता
Sep 25, 2014
सलामी, गुलामी र मलामी

संकेत कोइराला
बलिउड हिरो अनिल कपुरले खेलेको एउटा हिन्दी सिनेमा छ ।
जसको नाम हो– ‘घरवाली बहार वाली ।’ काठमाडौको बसन्तपुर डबलीमा सुटिङ
गरिएको यो सिनेमाभित्र एउटा दृश्य छ, जुन दृश्यमा एक खलपात्रलाई डोरीले
फनफनी बाँधिन्छ । चिण्डो पारेर कपाल मुडिन्छ । अनि भए भरका रमितेलाई
दुई डालोमा राखिएका अण्डा र टमाटरले उसमाथि बेपर्वाहसंग बर्साउन उक्साइन्छ ।
यी सवै अमानवीय कर्मको औचित्य पुष्टि गर्दै एक कलाकार अन्त्यमा डाइलग
बोल्छन्– ‘नेपालको काइदा कानुनअनुसार उसलाई सजाय दिइएको हो ।’
पछिल्लो समय बलिउड निर्मित ‘मेरीकोम’ सिनेमालाई जीवन्त बनाउन नेपाली
कलाकार सुनिल थापाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा भएको छ ।
भनिन्छ– गुरु गुँड हुन्छ, चेलो चिनी । यहाँ पनि चिनी अर्थात प्रियंका चोपडाको पल्ला
भारी छ । यद्यपि बलिउडमा नेपाली कलाकारले हिन्दी सिनेमामा अभिनय गर्दा ‘सी’ ग्रेड
वा गँजडी भूमिकामा सीमित हुनुपर्ने अध्याय अन्त्य भएको छ । कामना गरौं, अभिनेतामा
आएको यो परिवर्तन अब छिट्टै राजनेतामा पनि सर्नेछ ।
यो सिलसिला यतिमै सकिदैन् । राजा महेन्द्रका ‘प्यारा साथी’ चर्चित भारतीय अभिनेता देवानन्दले नेपालमा ‘हरेराम हरेकृष्ण’ सिनेमा सुटिङ गरे । लरक्क कपालमा चमेली तेल घसेका तोरीलाउरे युवाहरु सिनेमा खेल्ने लोभमा देवानन्दको चाकरीमा धाउन थाले । एउटा गिटार बोकेको मनुष्य सिनेमाको पर्दामा देखियो भने ऊ स्वतः हिरो कहलिने जमानामा देवानन्दको प्रवेश देवदूत जतिक्कै थियो । नेपाली समाजको यस्तो मनोविज्ञान बुझेका देवानन्द के कम थिए र, रहर गर्ने सबैलाई हिरो बनाइदिने आश्वासन दिए । युवाहरुमा सेलिब्रेटी हुने जबर्जस्त प्रतिस्पर्धा देखियो । देवानन्दले सिनेमा खेल्न रहर गर्ने सबलाई लाइन लगाएर नक्कली दारी जुँगा टाँस्दै हातमा गाँजा थमाइदिए । रमाइलै रमाइलोमा ती युवाहरु आफ्नो माटोलाई गाँजा तान्ने अखडाको विज्ञापन गर्ने साधन बने । देवानन्दको विराट व्यक्तित्वसंगै आएको त्यो खतरनाक शिवबुटीको सन्देशबाट प्रकारान्तरमा देश प्रताडित भयो । तर ओठबाट छुटेको बोली र बन्दुकको नालबाट फुत्किएको गोलीजस्तै त्यो सिनेमा प्रदर्शन भएपछि हिप्पीहरुले नेपाललाई गाँजा तान्ने अखडाका रुपमा संसारभर प्रख्यात गराए । हिमाल हेर्न हैन, गाँजा तान्न आउनेहरुको भीड बढ्न थाल्यो । अहिलेसम्म पनि त्यो बद्नामी पखालिन सकेको छैन् । आफ्नै देशमा एक प्रतिशतले नहेर्ने नेपाली सिनेमाको त्यो सन्देश पखाल्ने के तागत ? दिल्लीमा पानी प¥यो भने काठमाडौंमा छाता ओढ्ने राजनीतिक सिराबाट त्यस्तो अपेक्षा गर्नु नै आत्मघात ठहथ्र्यो ।
संविधानको कुन धारा या मुलुकी ऐनको कुन दफामा दोषीलाई चिण्डे बनाएर टमाटर र अण्डा हान्ने व्यवस्था छ ? यो विषयले प्रवेश कहाँबाट पायो ? हामी यति निरीह र घृणायोग्य कसरी हुन पुग्यौं ? आफ्नो नाम पनि अरुले भनेपछि सदर हुने हुतिहारा र कायर मनोविज्ञानले कुन धमनीबाट प्रवेश पायो ? माओवादीले बा¥हमासेलाई तास कोच्याएर भाटे कारवाही गर्दा समेत आश्चर्य मानेर जीब्रो तान्ने नेपालीहरु यस्ता मनगढन्ते दृश्यका साक्षी कसरी हुन पुगे ? शायद हाँडीमा भुटेको ठेट्ना मकैबाट वाक्क भएर झिलझिलेमा पोको पारिएको पपकर्नमा सभ्यता खोजिरहेका नेपालीहरु अब यति चिसो बरफ भइसकेका छन कि उनीहरु औंलाले आगो टिप्छन र चिम्टाले पानी चेपेर पिउँछन् ।

जनप्रतिनिधिदेखि कानुनका सारथीसम्म सरकारको मुखिया भइसक्दा पनि नेपालको राजनीतिमा उठेका धेरै प्रश्नहरु अनुत्तरित नै छन् । ती प्रश्नको उत्तर खोज्नु स्यालको सिङ खोज्नुजस्तै पटमूर्ख काम बन्ने निश्चित छ । नेपालको राजनीतिक पात्रो पल्टाउने हो भने यतिबेला हामी ६१ वर्षअघिको रिमिक्स दृश्यमा प्रवेश गरेका छौं । पात्र फेरिए पनि प्रवृत्ति सक्कल बम्मोजिम नक्कलजस्तै छ । ०७ सालको क्रान्तिपश्चात बनेको मोहनशम्शेरको सरकार विघटनपछि बीपीकै नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो । राजनीतिक किचलोको कारण देखाएर भारतीय प्रधानमन्त्री पंडित जवाहरलाल नेहरुले रिङ बाहिरका पात्र मातृकाप्रसादको नाम अगाडि ल्याए । त्यसपछि ठूला कोइराला दुईपल्ट लगातार देशको प्रधानमन्त्री भए । जनचाहना विपरीत साना कोइरालाले त्यही पद पाउन थप ६ वर्ष कुर्नु प¥यो ।
इतिहासमा पढिएको बीर गोरखाली गाथा अहिले सलामी, गुलामी र मलामीभन्दा माथि उठ्न सकेको छैन् । निर्देशित राजनीति गर्नेहरुले धारण गर्ने बहुरुपी अवतारको त प्रश्नै रहेन, तर एउटा नौटंकीभित्र यस्तो अकल्पनीय दृश्यले कसरीस्वतन्त्र तिब्बतको माग राखेर प्रवासमा रहेका दलाई लामा वर्षौंदेखि थर्पु टाँगेर भारतमा बसेका छन् । तर त्यही चीन र भारतबीच वार्षिक ४० अरब डलरको व्यापार सम्झौता हुन्छ । नेपालमा फगतः एउटा तिब्बती शरणार्थीको विषयलाई लिएर एक एक रौंको चिरा पारेर विश्लेषण हुन्छ । अनि एउटा रौं समातेर चीन र नेपालको कुटनीतिक सम्बन्ध बाँदरको घाउजस्तो बल्झाइन्छ । ए बाबा दुर्घटना, भवितव्य मानिसको बस्मा भएको चीजै होइन । गणितमा कम नम्बर दिएको रिसमा भर्खरै अमेरिकामा विद्यार्थीहरुले आफ्नै शिक्षकले पिउने चियामा विष घोलिदिए । आखिर सभ्य देशमा पनि घृणित खेल त हुँदो रहेछ नि । सवै मिलेको खोज्नु भनेको अत्तो थाप्नु हो । जुनसुकै विषयमा पनि ६० र ४० बीच सन्तुलन खोज्ने हो । सतप्रतिशत त सम्भव नै छैन् । जुनबेला नेपालमा १० करोडको बजेट बन्थ्यो । त्यतिबेला चार करोड त चुरोट किन्नमै भारतमा पैसा भित्रन्थ्यो । त्यसबेलाका नेताहरुले धुवाँमा पैसा उडेको सह्य नभएर रुससंग तत्काल सम्झौता गरी नेपालमै जनकपुर चुरोट कारखाना स्थापना गराए । २०१५सालमा सरकारको नेतृत्व लिनासाथ भूमिसुधार गर्ने संकल्प लिएका बीपीले त्यसबेला राष्ट्रसंघमा कार्यरत संसारकै चर्चित भूमिसुधार विशेषज्ञ लिजेन्स्कीलाई ल्याएर २५ विघामा जमिनको हदबन्दी सीमित गरे । इच्छाशक्ति भए जस्तोसुकै परिस्थितिमा केही न केही राम्रा काम गर्न सकिन्छ । राम्रो कामका लागि साइत हेर्नु पर्दैन् । चुनौती कसलाई थिएन ?
‘लौ सुन ! नयाँ सरकार बनेको एक हप्ता पनि भएको छैन, अहिले देखि नै नारा जुलुस । पहिले सरकारलाई काम गर्न दिनुपर्छ । अनि उसको काम हेरेर समर्थन या विरोध गर्नुपर्छ । सबैलाई मन्त्री पद चाहिएको छ । यो कसरी सम्भव छ ?’ आप्mनै सहकर्मीहरुको गतिविधिबाट हायल कायल भएका बीपी कोइराला आजभन्दा ६० बर्षअघि कांग्रेस बैठकमा दिक्दार हुँदै भन्दै थिए– ‘आज यहाँ बैठकमा के के हुनेवाला छ, मलाई थाहा हुँदैन । तर मोहनशमशेरलाई थाहा हुन्छ । क्याविनेटबाट छुट्टिने बेलामा उनले भोलि भेटौंला भनेर किन भनेका रहेछन् भन्ने अहिले पो बुभ्mदैछु ।’
२०१५ सालमा भएको नेपालको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसले दुई तिहाई स्थान हात पा¥यो । यो जीतसंगै बीपी कोइराला प्रधानमन्त्री भए । सूर्यप्रसाद उपाध्याय सर्वशक्तिमान गृहमन्त्री बनाइए । २०१७ सालको राजनीतिक ‘कू’ पछि प्रधानमन्त्री लगायत थुप्रै नेताहरु जेलका पाहुना भए । तर त्यही सरकारका शक्तिशाली गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले दलहरुलाई देखाउन राजाको प्रायोजनमा भएको बुद्धिजीवी भेलालाई संबोधन गर्दै भनेका थिए– ‘ प्रजातन्त्रका लागि विदेशी भूमिमा लड्नेहरु अराष्ट्रिय तत्व हुन् । देशबाहिर बसेर यहाँभित्र अशान्ति गर्नेहरुलाई देश फर्काउने प्रयास गरिनुपर्छ । यदि मानेनन् भने नागरिकताबाट च्यूत गरिनुपर्छ ।’ जुन सभाको अध्यक्षता नेपालको सबैभन्दा पुरानो पार्टीका खाँटी नेता टंकप्रसाद आचार्यले गरेका थिए ।
नेपाली राजनीतिमा देखिएको यसखाले बेइमानी भाइरसको एन्टी भाइरस आजसम्म पनि पत्तो लागेको छैन् । मान्छेको विकल्प मान्छे नै हो । तर हामीभित्र शरणार्थी मानसिकता हावी हुँदा धोका, निरासा र अविश्वास एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्ने कोसेली बनेको छ । थोरोले भनेका छन्– ‘मान्छे आप्mना औजारको औजार भएको छ ।’ हामी त अझ महाऔजार भएका छौं । निश्चय नै नयाँ पात पुरानो पातसंगै झर्न बनेको हुँदैन् । तर लछारेरै किन नहोस, कसैको भविष्य सुरक्षित हुन नदिने खेलले पुस्तौनी पार गर्दै आएको छ । जनताको जीवनस्तरमा परिवर्तन ल्याउने न कुनै राजनीतिक तन्त्र हुन्छ, न झारफुके मन्त्र । विश्वले प्रमाणित गरेको विकास गर्ने एउटै सूत्र भनेको इच्छाशक्ति हो । सिद्धान्तको आधारमा सत्यलाई हैन, सत्यको आधारमा सिद्धान्तलाई हेर्नुपर्छ ।
दुर्भाग्य भन्नुपर्छ आजसम्म देशको केन्द्रीय राजनीतिमा राष्ट्रिय हितका विषयमा कहिल्यै गम्भीर बहस नै भएको छैन । निसन्देह व्यक्ति असल आए होलान तर समग्र राजनीति गुट, फुट, भूmट र चुटबाट कहिल्यै माथि उठ्न सकेन । २००७ सालको क्रान्तिपछि उब्जाइएको खुकुरी दलले त दिउँसै मन्दिरका टुँडाल समेत बाँकी नराखेको इतिहासमा उल्लेख छ । खुकुरी दल आतंक मच्चाउँथ्यो, सरकार बद्नाम हुँदै जान्थ्यो । उसको आतंक यतिसम्म अराजक थियो कि नाङ्गो खुकुरी नचाउँदै गृहमन्त्री बीपीलाई समेत ठुन्क्याउन पुगेको थियो । क्रान्ति सफल भएपछि के गर्ने र के नगर्ने भनेर विवेक गुमाएका नेताहरुले प्रधानमन्त्रीको सुरक्षामा रहेको बिजुली गारत राजदरबार सार्ने निर्णय गरिदिए । यो निर्णय कार्यान्वयन हुनासाथ नेताहरुको मूलघरजस्तो रहेको दरबार एकाएक भीर र भैंसी जस्तो विपरीत हुनपुग्यो । दरबारमा बोलाएर नेताहरुलाई खानपिन गराउने मात्र होइन, चुरोटसम्म सल्काएर सत्कार गर्ने राजा दुर्लभ बन्दै गए । त्यहींबाट राजनीतिमा राजा र रैतीको सूत्रपात भयो । यो देखेपछि मोहनशम्शेरले बीपीसंग भनेका थिए– ‘तपाईं पटनामा पढेर स्नातक हुनुभयो । नेपालको शासन व्यवस्थाको ज्ञान त्यति भइसकेको छैन । हामीले सय वर्षदेखि मुलुकको शासन व्यवस्था चलाउँदै आएका छौं । देशभरका मानिस चिनेका, चलाएका छौं । त्यसैले हामी मिलेर प्रजातन्त्र जोगाऔं । म हृदयदेखि भन्छु– हामीले बाघलाई परिबन्दमा पारेर दा¥हा नंङ्ग्रा निकालेर राखेका छौं । तपाईंहरुले अझ दा¥हा, नङ्ग्रा थपेर छोडिदिनु भयो । हामीलाई खाने बाघलाई तपाईंहरुलाई पनि खान्छ ।’
कालान्तरमा मोहनशम्शेरले भने जस्तै भयो । संविधानसभाबाट संविधान बनाउने यात्रा त्यहाँदेखि यहाँसम्म आइपुग्दा ६० वर्ष नाघ्यो तर संविधानसभा चिचिलामै निमोठियो । नाराले आगो बाल्ने भगीरथ प्रयास भए । तर आगो बाल्ने भनेको नाराले होइन, इन्धनले हो । बदमासी अहिले मात्र भएको होइन । तर भएका बदमासी सच्याउने काम नहुँदा बेइमानीको संस्कृति पहाड भएर खडा भयो । घटनाक्रमले देखाउँछ– हाम्रा राजनीतिज्ञहरु मान्छे कम, रोर्बट ज्यादा देखिए । संगैमा गृहयुद्धमा फसेको छिमेकी मुलुक श्रीलंकाले आप्mनो समस्या आपैंm निराकरण ग¥यो । छिमेकी देशले स्वाभिमानको परिचय दिएर देशमा अभूतपूर्व परिवर्तन ल्याएका बेला हामीले पनि आपूm जन्मिएको माटो हातमा लिएर मन र मस्तिष्कले निर्णय गर्ने बेला आएन र ?
जसरी राजनीतिको चक्र घुम्छ, त्यसरी नै करनी अनुसारको भरनी पनि त्यही बाटो हिँड्छ । एक दशक पाकिस्तानमा एकलौटी शासन चलाएका परवेज मुसर्रफ यतिबेला आफ्नै देशको कठघरामा उभ्याइएका छन् । कठघरामा उभिंदाको अनुभव सेयर गर्दै उनले भनेका छन्– ‘जिन्दगीमा पहिलोपल्ट कुनै अदालतमा यसरी प्रवेश गरेको हुँ । साँच्चै भन्नुपर्दा अदालतमा न्यायाधीश समक्ष उभिँदा निकै लाजमर्दो तथा अपमानजनक अनुभव गरें । सधैं कानुनको आँखामा सबै बराबर हो भन्दै आएको छु । कानुन मलाई पनि लागू हुने सोचें ।’ पाकिस्तानी परवेज मुसर्रफ हुने कि श्रीलंकाली महिन्दा राजापाक्षे नेताहरुकै हातमा ।
बुधबार जनआस्थामा प्रकाशित ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video