प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 01, 2019
‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ(भिजुअल प्रबिधिमा नेपाल प्रहरीको फड्को )
 काठमाडौं, माघ १८   सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे । काठमाडौं विजुलीबजारमा २०७२ सालमा मोटरसाईकल चालकको मृत्यु भएको घटनामा फुटेजकै कारण आरोपित ट्याक्सी चालकले न्याय पाए । आर्थिक वर्ष २०७४र०७५ मा विभिन्न ट्याक्सीमा छुटेको करिब ४२ लाख ११ हजार रुपैयाँ बराबरको विभिन्न सामान ट्राफिक प्रहरीले फुटेजकै आधारमा पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगायो ।
सिसीटिभी प्रयोगका केही महत्वपूर्ण प्रतिनिधि उदाहरण मात्र हुन् । सिसीटिभी भिजुअल प्रविधि हो । यस प्रविधि अन्तर्गत र्याटपिड सूचना प्रणाली र ड्रोन समेतको प्रयोग नेपाल प्रहरीमा प्रचलनमा छ । अपराध रोकथाम तथा नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा यस्ता प्रविधिको प्रभावकारी प्रयोग हुँदै आएको छ । प्रभावकारी शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका लागि आधुनिक प्रविधिको प्रयोगलाई बढाउने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्राथामिकताको आधारमा भिजुअल प्रविधि उच्च प्राथमिकतामा परेको हो ।
भिजुअल प्रविधि जडान, मर्मत तथा नियन्त्रण प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले गर्छ । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा। राजीब सुब्वा भन्नुहुन्छ, ‘यस्ता खालका प्रविधिले नेपाल प्रहरीलाई सञ्जय दृष्टि प्रदान गरेको छ । क्षितिज भन्दा टाढा पनि प्रहरीको कमाण्ड क्षमता हुनुपर्छ भन्ने कुरा यो प्रविधिले देखाउँछ ।’
भिजुअल प्रविधि अन्तर्गतको र्या्पिड सूचना प्रणाली नेपाल प्रहरीमा भित्रिएको आधुनिक प्रणाली हो । ‘फोरजी ताररहित प्रविधिमा यो प्रणाली आधारित छ । एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग अडियो, भिडियो, मेसेज यसबाट शेयर गर्न सकिन्छ । विपद तथा आपतकालीन अवस्थामा अन्य संचार माध्यममा सम्पर्कविहिन भएको अवस्थामा यो प्रविधि प्रभावकारी हुन्छ । आपतकालीन अवस्थामा १५ मिनेटमै यस प्रविधि जडान गरी संचालन गर्न सकिन्छ । अति विशिष्ट व्यक्ति, विशिष्ट व्यक्ति तथा अन्य सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्न सकिन्छ । प्रहरी नायब महानिरीक्षक डा। सुब्वा भन्नुहुन्छ, ‘नेपाल प्रहरीमा हाल ५० सेटसहित यो प्रविधि प्रयोगमा छ । घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यो प्रविधिलाई निकट भविष्यमै विपद व्यवस्थापनका लागि ७ वटै प्रदेशमा प्रयोग गर्ने नेपाल प्रहरीको लक्ष्य रहेको छ ।’
‘अनम्यान्ड अरियल भेहिकल’को छोटो नाम ड्रोन हो । भिजुअल प्रविधि अन्तर्गत पर्ने ड्रोनको प्रयोग अवाञ्छित गतिविधि तथा ट्राफिक व्यवस्थापनमा गरिन्छ । उपत्यकाको सवारी चाप अनुगमन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनमा यसको प्रयोग हुँदै आएको छ । सुरक्षा लगायतका प्रहरी कार्यका लगि ड्रोन उडान गरी भिडियो फुटेज लिने गरिन्छ । हाल नेपाल प्रहरीमा ३ ड्रोन र २ ड्रोनपाइलट छन् । आगामी दिनमा ड्रोनको प्रयोगलाई अझै विशिष्टिकृत गर्ने योजना नेपाल प्रहरीको रहेको छ ।
भिजुअल प्रविधि अन्तर्गत पर्ने सिसीटिभीको प्रयोग अपराधको निगरानी गर्न गरिन्छ । नेपाल प्रहरीले २०६१ देखि सिसीटिभी प्रयोगमा ल्याएको हो । सुरूमा प्रहरी प्रधान कार्यालय परिसर वरिपरी घट्न सक्ने अपराधलाई नियन्त्रण गर्न ८ सेट सिसीटिभी जडान गरिएको थियो । पछि काठमाडौं उपत्यकामा २०६४ मा १० वटा, २०६७ मा ४८ वटा र भिडियो राख्न डिभिआर जडान गरी हुनसक्ने अवाञ्छित गतिविधि निगरानी सुरू गरिएको हो । १८औं सार्क सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंका 
क्रमश स् 
विभिन्न स्थानमा १५३ वटा आईपी क्यामरा जडान गरी त्यस्ता गतिविधि निगरानी गर्न सुरु गरेको थियो । हाल आएर भिजुअल प्रविधिको प्रयोग, प्रभावकारिता र विस्तारका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, ‘प्रविधिको विकाससँगै यसको प्रयोग गरी अपराध गर्ने उदाहरण देखा परेकोले अपराध रोकथाम तथा अनुसन्धानमा प्रविधिको प्रयोग महत्वपूर्ण छ । सहरी क्षेत्र, राजमार्ग लगायतका संवेदनशील क्षेत्रमा सिसिटिभी लगायतका भिजुअल प्रविधि जडान गर्ने, विस्तार गर्ने, कामलाई अभियानकै रुपमा नेपाल प्रहरीले अगाडि बढाएको छ ।’    
पछिल्लो समय सिसीटिभीको प्रयोग क्रमशस् वढ्दो छ । देशका मुख्य शहर, सीमा प्रवेश नाका, राजमार्गलगायतका महत्वपूर्ण स्थानमा आव २०७३र०७४ मा ५०७ वटा, आव २०७४र०७५ मा ९९० वटा र चालु आव ०७५र०७६ मा ८५७ वटा सिसीटिभी क्यामरा थप जडान भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा ४७४ वटा तथा ७ वटै प्रदेशहरूमध्ये विराटनगर अन्तर्गत ३६२ वटा, जनकपुर अन्तर्गत ४४७ वटा, हेटौंडा अन्तर्गत ४७५ वटा, पोखरा अन्तर्गत ४७० वटा, दाङ अन्तर्गत ४५७ वटा, सुर्खेत अन्तर्गत ११२ वटा र दिपायल अन्तर्गतका जिल्लामा ११९ वटा सिसीटिभी जडान भएका छन् । यो क्रम जारी छ । राजमार्ग तथा मुख्य शहरी क्षेत्रमा २,९१६ वटा क्यामराबाट निगरानी गरी विभिन्न घट्नामा फरार अपराधीलाई फुटेजको माध्यमबाट पहिचान गरी सफल अनुसन्धान कार्यमा सहयोग भइरहेको छ । यसै प्रभावकारितालाई मध्यनजर राख्दै सिसीटिभी राष्ट्रिय ग्रीड निर्माण गर्ने लक्ष्य नेपाल प्रहरीको रहेको छ ।
नेपाल प्रहरीले हालै लागू गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भिजुअल प्रविधि प्रयोग गर्न प्रेरित गर्ने, थप स्थापना र विस्तार गर्ने नीतिलाई प्रभावकारी बनाउन जोड दिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, ‘नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रविधिको प्रयोगलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन केन्द्र सरकारसँग बजेट माग, विभिन्न पालिकाहरुसँग समन्वय गरी काम गर्दै आएको छ । साथै विभिन्न संघरसंस्थासँग सहकार्यका कार्यक्रमहरू पनि सशक्त रुपमा संचालन गरिएका छन् ।’

लामो दूरीका सवारी साधन एउटै चालकले मात्रै लगातार चलाउँदा दुर्घटना हुन सक्छ । त्यसैले त्यस्ता सवारीमा चालक परिवर्तन हुनुपर्ने मान्यता छ । यसका लागि भिजुअल प्रविधि अन्तर्गत ‘ड्राइभिङ चेक मोबाइल एप’ प्रणाली नेपाल प्रहरीले सुरू गर्दैछ । यस एपले लामो दूरीका सवारी साधनमा चालक परिवर्तन भयो कि भएन भन्ने पत्ता लगाउन मद्दत गर्छ । प्रहरी नायब महानिरीक्षक डा। सुब्वा भन्नुहुन्छ, ‘कुनै एक निश्चित विन्दूमा चालकको फोटो खिचिन्छ । चालक परिवर्तन गर्नुपर्ने स्थानमा पुग्दा पहिलेकै चालक हो कि परिवर्तन भयो भन्ने थाहा पाउन फोटो र चालकको अनुहार जाँच गरिन्छ ।’
भिजुअल प्रविधिकै आधारमा कर्तव्यज्यान, चोरी, डकैतीलगायतका घटनामा सफल अनुसन्धान भएका घटना प्रशस्त छन् । मानिसले देख्न नसक्ने घटना भिजुअल प्रविधिले जानकारी दिन सक्छ । प्रभावकारी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि यो प्रविधिको प्रयोग महत्वपूर्ण छ । भिजुअल प्रविधि नागरिक सुरक्षाकै लागि हो । त्यसैले नेपाल प्रहरी, स्थानीय निकाय, विभिन्न संघसंस्था र जनस्तरमै पनि यो प्रविधिको सराह्रना गरिएको हो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video