सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 01, 2019
एपीएफ टोलीद्वारा पहिरोले पुरिएका दुई जनाको शव फेला
धादिङ, धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका ४ स्थित हिमदुङमा पहिरोमा परी पुरिएका दुई जनाको शव एपीएफ टोलीले माघ १७ गते साँझ निकालेको छ । सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको एपीएफ टोलीले सोही ठाउँ बस्ने ४३ वर्षिय नुर्वु तामाङ्ग र १७ वर्षिय धनबहादुर तामाङ्गको शव निकालेको हो । यही माघ १४ गते भेडाबाख्रा चराउन गएकोमा उनीहरु राति सेतेउ भिरमुनि बास बसेकोमा विहान अन्दाजी ५ बजेको समयमा सो स्थानमा पहिरो गई दुवै जना हराइरहेका थिए । 
पहिरोमा परी बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सो शिक्षालयबाट विपद व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली तत्कालै उद्वार कार्यको लागि त्यसतर्फ खटिगएको थियो । 
एपीएफ टोलीले करीब १० फिट पहिरो मुनि ढुंगाले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video