सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 09, 2019
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ४ नयाँबजार ईलाकाबाट माघ २५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सोही जिल्लाको मेचीनगर नगरपालिका ८ धुलाबारी बस्ने १९ वर्षिय संदेश यादव छन् । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज यादवको साथमा फेनारगन १० वटा, डाईजिपाम १० वटा, लुपिजेसिक १० वटा र नाईट्रोजन ट्याब्लेट ५० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video