आज मिति २०७६ मंसिर २९ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता
मनाेरञ्जन/रोचक
Feb 12, 2019
सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मलेसियामार्फत जुट्यो ३५ लाख भन्दा बढी सहयोग
काठमाण्डौं । मंसिर २९ । सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ बाट ३५ लाख भन्दा बढी सहयोग जुटेको छ । 
कार्यक्रम स्थलबाट नेपाली रु २० लाख ७१ हजार र आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको सिताराम कट्टेल धुर्मुसले बताए । 
सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो । ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको धुर्मुस बताँउछन् । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफुले सकेको सहयोग पनि खुलेर गर्नुभयो । 
मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी निकै धेरै हर्षित भएका छौं धुर्मुस भन्छन् त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिनुभएको निम्तोले झनै बढी हर्षित भएका छौं । धुर्मुस भन्छन् स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं । साथै मलेसियाको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई धेरै धेरै धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video