नुवाकोटका सञ्जय “तिमी बिना निरास निरास” गित संगै आधुनीक गायनको क्षेत्रमा चर्चा बटुल्दै
रबिन थपलिया । काठमाण्डौं । माघ २९ । नेपाली आधुनीक संगित क्षेत्रका उदयमान युवा गायक सञ्जय उपमन्यु पाण्डेले पहिलो आधुनीक गित “तिमी बिना निरास निरास” हालै बजारमा ल्याएका छन् ।
कर्वाकेली फ्ल्मिस प्रा.लि मार्फत बजारमा ल्याइएको मर्मस्पसी आधुनीक गितमा योगेन्द्र उपाध्यायको शव्द तथा संगित र स्वर भने स्वयम गायक पाण्डेको रहेको छ । “तिमी बिना निरास निरास” बोलको गित जीवनसंग निरास भएका व्यक्तिहरुका लागि प्रेरणादीय र मनछुने खालको शव्द रहेको गायक पाण्डेले बताए । गित सार्वजनीक भएसंगै बिभिन्न सञ्चारमाध्यमहरु तथा युट्युवमा समेत राम्रो भ्युयर्सहरु भएसंगै सञ्जयलाई संगितिक क्षेत्रमा ग्रिनसिग्नल मिलेको छ ।

नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका वडा नं ८ थानापति घर भई हाल धापसीमा बस्दै आएका २८ बर्षिय पाण्डेले संगित बिषयमानै ललितकला क्याम्पसबाट स्नाकोत्तर गरेका छन् । बिगत १२ बर्ष देखिको संगीत अनुभब बोटुल्दै आधुनीक गायन क्षेत्रमा औपचारीक रुपमा प्रवेश गरेका पाण्डेको पहिलो गितको अपार सफलतासंगै नयाँ नयाँ भजन तथा आधुनीक पप गितहरु दर्शक श्रोतालाई दिने तयारीमा छन् ।
दैनिक ३ देखि ४ घण्टा शास्त्रीय संगितमा साधना गर्ने गरेका पाण्डेले बिभिन्न विद्यालय तथा संगित प्रशिक्षण केन्द्रहरुमा समेत संगितको प्रशिक्षण दिंदै आइरहेका छन् । अन्य गित–संगितको तुलनामा नेपालको शास्त्रीय संगित क्षेत्रको बिकास र बिस्तारमा ढिलाई भइरहेको बताँउदै पाण्डेले संगित क्षेत्रको बिकास र बिस्तारका लागि सोहि बिषयमा पिएचडी गर्ने लक्ष्य लिएको बताए । संगितमा गुरु शिष्य परम्परालाई मान्यता दिने पाण्डेले अझै पनि गुरु शिक्षालाई निरन्तरता दिइरहेका छन् ।
संगित क्षेत्रमा लाग्नको लागि परिवार, आफन्ता, दाजुभाई, साथीहरुको राम्रो सहयोग पाएको बताँउदै गायक पाण्डेले उनका आफ्ना सुभचिन्तक,सहयोग गर्ने सबैलाई धन्यवात दिंदै आगामी दिनहरुमा साथ, सहयोग, हौसलाको आशा राखेको बताए ।
निरास निरास बोलको गितसंगै औपचारीक रुपमा संगितक दुनियाँको चौतारीमा प्रवेश गरेका नव गायक पाण्डेको पहिलो पाइलानै सफलतामा पुगेपछि एल्बमहरुमा गितगाउने देखि म्युजीक भिडीयो समेतको अफर आइरहेको बताइएको छ । संगितीक क्षेत्रको यो दुनियाँमा प्रवेश गरेका नवगायक सञ्जय उपमन्यु पाण्डेको संगितीक यात्रा सफलहोस शिवपुरी मिडिया नेटवर्क, अग्निवाँण पाक्षिक तथा सगरमाथा पोष्ट डट कमको तर्फबाट हार्दिक बधाई र सुभकामना ।