पर्यटन /बिबिध समाचार
Feb 16, 2019
लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती
काठमाण्डौं । फागुन ४ । नेपालको नयाँ कानुन अनुसार लोकसेवा पास नगरी अव कुनै पनि सरकारी निकाय र संस्थानहरुमा कर्मचारी भर्ना गर्न पाँईदैन् । सरकारी सेवा प्रति बढदो आर्कषणसंगै लोकसेवा परिक्षामा लिईने प्रश्नहरुको हल गर्न योग्यता मात्र होइन खुरापाती दिमागनै लगाउनु पर्ने हुन्छ । लोकसेवा परिक्षाको नायव सुब्बा तयारीका लागि टंक केसीले लेखेको पुस्तकमा सोधिएका केहि रोचक प्रश्नहरु । के तपाँई यि प्रश्नहरुमाको हल गर्न सक्नुहुन्छ ? 
नाता सम्बन्धी प्रश्न । 
१. हरीलाई सम्झना भयो कि उसको भाई महेशको जन्म दिन मंसिर महिनाको २० गते भन्दा पछी र २८ गते भन्दा अघि पर्दछ । फेरी महेशको दिदि रमालाई समझना भयो कि आफनो भाई महेशको जन्म दिन मंसिर महिनाको १५ गते भन्दा पछी र २२ गते भन्दा अघि पर्दछ त्यसो भए महेशको जन्म दिन कुन दिन पर्दछ ? 
२. कुसलले खुमनलाई देखाँउदै भन्यो “ उनि मेरा बाबुको पनि बाबुको नातिनीको श्रीमान हुन” यहाँ कुसलले खुमनलाई के भन्नुपर्दछ ?
हिसाब सम्बन्धी प्रश्न । 
१. कुन संख्याको ८० प्रतिशतमा पाँच जोडदा त्यतीनै हुन्छ ? 
२. २५ को १ कति प्रतिशत हो ? 
३. एउटा कमीलो २२ फिट गहिरो खाडलबाट बाहिर निस्कन खोजेछ । कमीला एक दिनमा ३ फिट माथी आई दुई फिट तल झर्दो रहेछ । एबम रितले चढदै जाँदा कति दिनमा खाडल बाहिर निस्कन सक्ला । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video