पशुपती शर्माको गित काण्ड सेलाउन नपाँउदैे निस्कीयो अर्को लफडा, प्रर्दशन भइरहेको चलचित्रको पोष्टरनै हटाउन निर्देशन !
काठमाण्डौं । फागुन ७ । पशुपती शर्माको गितको बिषयलाई लिएर अहिले जनमत दुई तर्फ बिभाजन भएको छ । सरकार पक्षले त्यसको बिरोध गरेको छ भने अन्यले बिरोध गरीरहेका छन् । पशुपती शर्माको गितले पक्ष बिपक्षमा बिभक्त भएको अवस्थासंगै प्रहरीले एउटा चलचित्रको पोष्टर हटाउन निर्देशन दिएको छ ।
चलचित्र बुलबुलको पोस्टरमा मदिराको विज्ञापन देखिएकाले पोस्टर हटाउन निर्देशन दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। निर्माता र निर्देशकलाई कार्यालयमै बोलाएर पोस्टर हटाउन निर्देशन दिइएको र हटाउन सुरु पनि भएको बोगटीले बताए । चलचित्र बुलबुल शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ । बुलबुल विनोद पौडेलद्वारा निर्देशित फिल्म हो।