सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 20, 2019
दुई दिनमा तिन बालीका बलत्कार, घटनामा संलग्न तिन अभियुक्त पक्राउ
काठमाण्डौं । फागुन ८ । दुई दिनमा तिन बालीका बलत्कार भएका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशका तनहुं मा एक र सिरहामा दुई बालीका बलत्कार भएका हुन् । 
तनहुँ, रिसिङ गाउँपालिका-८ पल्ट्याङ बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय हिलराज बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रिसिङ रानीपोखरीबाट खटिएको प्रहरीले हिलराजलाई पक्राउ गरेको हो ।
सिराहा, धनगढीमाई नगरपालिका-१३ स्थित भोर्लेनी बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ खजनपुर बस्ने २४ वर्षीय श्रीराम यादवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । चण्डेरा जङ्गलमा दाउरा लिन गएको अवस्थामा यादवले बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी सिराहा, गोलबजार नगरपालिका-१० घुर्मिघाट बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिपक राईलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video