सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 20, 2019
यिनै हुन इमान्दार ट्याक्सी चालक, जस्ले ३ लाख ५० हजार बराबरको भेटीएको सुनका गहना प्रहरीलाई बुझाए
काठमाण्डौं । फागुन ८ । सबै चालक खराब हुंदैनन सवै राम्रा पनि हुंदैनन् । खराब र इमान्दार उसको कर्मले गर्दामा थाहा हुने छ । आफनो ट्याक्सीमा ३ लाख ५० हजार भन्दा बढीको गहना र सामान फेला पारेपछि एक जना चालकले उक्त सामान प्रहरीलाई बुझाएका छन् । 
ति इमान्दार चालक हुन् काठमाडौं भिमसेनगोला बस्ने सुनसरी धरान उपमहानगरपालिका १९ चौकीवारीका ३८ वर्षीय सिमल राई । आज बिहान आज बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म जाने क्रममा बा.२ ज २२७९ नम्बरको ट्याक्सीमा यात्रा गर्ने क्रममा गुल्मी बाझकटेरी ३ घर भई काठमाण्डौंको थापागाँउमा बस्दै भएकी २८ वर्षीया वसन्ता भुषालले सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छाडेकी थिइन् । 
ट्याक्सीमा सामान छुटेको थाहा पाएलगत्तै आफै इमान्दारीपूर्वक महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएपछि प्रहरीले सम्बन्धीत सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुषाललाई हस्तान्तरण आजै हस्तान्तरण गरेको बताएको छ ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video