स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या  |  प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 26, 2019
सेनाको हेलिकोप्टर उडानमा जर्नेल–कर्णेलको मनलाग्दी !
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा अनियमित काम हुन नदिने, सेनाका सबै युनिटमा सुधार गर्ने विभिन्न कार्यक्रम ल्याएपनि ठूलालाई चैन र सानालाई ऐन भन्ने पुरानो विकृति अहिले पनि नेपाली सेनामा कायम रहेको भुक्तभोगी बताउ“छन् । उपरथी९दुई तारे जर्नेल० नेतृत्वमा रहेको नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालय एउटा प्रमुख अंग हो ।

यो महानिर्देशनालयले सञ्चालन गर्ने सैनिक हेलिकोप्टर तथा विमान उडानमा तोकिएका भन्दा अन्य व्यक्तिलाई यात्रा गराउनका लागि प्रधानसेनापतिले नै स्वीकृति दिनुपर्ने नियम रहेको स्रँेत बताउछ । तर, सेनाको फलामे अनुशासन तोड्दै यो नियमलाई ठाडो उल्लंघन गर्दै नेपाली सेनाका पाइलटहरूले साथीभाइदेखि श्रीमती र नातागोतासम्मलाई प्रधानसेनापतिको स्वीकृति नलिई उडाउने गरेको तथ्य फेला परेको छ । सैनिक हवाई महानिर्देशनालयका महानिर्देशक जर्नेल सुधीर श्रेष्ठको कृपाले गर्दा केही पाइलटहरूले नियमको उल्लंघन गर्दै आएको थाहा भएको छ । आर्मी हेडक्वार्टको स्वीकृति नलिई सेनाका हेलिकोप्टर पाइलटहरूले नेपालका पर्यटकीय क्षेत्रहरूको भ्रमण गराउने गर्दै आएका छन् ।

यो मामिलामा हेलिकोप्टर चालक प्रमुख सेनानी राजेन्द्र बस्नेतको नाम सबैभन्दा बढी आउने गरेको छ । सैन्य उद्देश्यका निम्ति उडान भर्नेलगायत चार्टर गरेका विमान तथा हेलिकोप्टरहरूमा समेत प्रमुख सेनानी राजेन्द्र बस्नेतले आफन्त तथा साथीहरूलाई विभिन्न ठाउ“ घुमाउने गरेका छन् ।

यस क्रममा २०७५ माघ ११ गते ९सन् २०१९ जनवरी २५ तारिख० वन तथा वातावरण मन्त्री शक्ति बस्नेतका निम्ति रारा र फोक्सुण्डो भ्रमण गर्न भनेर चार्टर गरिएको हेलिकोप्टरमा प्रमुख सेनानी राजेन्द्र बस्नेतले आफ्नी पत्नीलाई समेत रारा र फोक्सुण्डो भ्रमण गराएका थिए । यसैगरी २०७५ माघ १७ गते ९३१ जनवरीमा० नेपाली सेनाको हेलिकोप्टर लुक्ला र फाप्लुका निम्ति हवाई प्रँधिकरणले गरेको चार्टर उडानमा आफ्ना साथीहरूलाई समेत त्यस क्षेत्रको भ्रमण सैनिक पाइलट कर्णेल बस्नेतले गराएका थिए ।

नेपाली सेनाको नियम भनेको नेपाली सेनाका सबैका लागि समानरुपमा लागू हुनुपर्ने हो । तर, प्रधानसेनापतिको स्वीकृति÷सहमतिबाट मात्र असम्बन्धित व्यक्तिलाई उडानको सुविधा दिनुपर्ने नियमलाई उल्लंघन गर्दै चालक कर्णेल बस्नेतले आफन्तदेखि साथीभाईहरूलाई समेत नेपाली सेनाको हेलिकोप्टर यात्राको आनन्द दिने गर्दा पनि उनीमाथि कुनै कारवाही नभएको देख्दा सैन्य हवाई महानिर्देशनालयका कर्मचारीहरू नै छक्क पर्ने गरेका छन् ।

जर्नेल सुधीर श्रेष्ठको कृपाले नियम उल्लंघन गर्दै आएका कर्णेल बस्नेतले आफ्ना परिवारको घुमफिरका लागि उडान सुविधा पाउ“दा दूरदराजमा रहेका आपत्विपत्मा परेका सेनाका तल्लो दर्जादेखि अधिकृतहरू र तिनका परिवारले उडान सुविधा पाउने कि नपाउने रु भन्ने प्रश्न उठेको छ ।
 
सुविधा पाउने भए आवश्यकता अनुसार, सकल दर्जाले पाउने नियम बन्नु पर्छ, नपाउने हो भने जर्नेल सुधीर श्रेष्ठ र उनका आसेपासेहरूले चाहेका ब्यक्तिहरूले मात्र सेनाको हवाई उडान सुविधा लिने र दिने दुबै कारवाहीको भागी बन्नुपर्छ भन्ने माग आर्मी हेडक्वार्टरका अधिकृतहरूको रहेको छ । ९साँघु 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video