प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 27, 2019
नेपाली सेनाका सन्ततीले प्राविधिक उच्च शिक्षाका लागि २५ लाख सम्मको सहुलियत कर्जा पाउने, के के बिषय पढन कर्जा ?
काठमाण्डौं । फागुन १५ । नेपाली सेनाका सन्ततीले प्राविधिक बिषयमा उच्च शिक्षा पढनका लागि सहुलितपुर्ण कर्जा सहित २५ लाख सम्म पाउने भएका छन् । 
सैनिक ऐन, २०६३ बमोजिम स्थापना भएको सैनिक कल्याणकारी कोषले महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आफ्ना हिताधिकारीका सन्ततिहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुर्याकउने उद्देश्यले स्वदेश वा विदेशमा अध्ययनको लागि कर्जा पाउने व्यवस्था गरेको जनाएको छ । 
चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि तथा पशु विज्ञान र वन विज्ञान संकायमा स्नातक तह वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि वार्षिक ५ प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा अधिकतम पच्चीस लाखसम्मको ’सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५’ अनुसार ऋण उपलब्ध गराउन श्री प्रभु बैंक लिमिटेडसँग सहमति भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
ऋणका लागि प्रतिष्पर्धाको आधारमा छनौट गरिएको प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउन लागिएको यस प्रकारको शैक्षिक कर्जामा पाँच लाखसम्म सम्बन्धित अभिभावकको व्यक्तिगत धन जमानी र सो रकम भन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । ’सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५’ फाल्गुण २० गतेदेखि कार्यान्वयनमा आउने निर्देशनालयले जनाएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video