काठमाण्डौं । फागुन १७ । जुवातास खेलिरहेको अवस्थामा काठमाण्डौंको गोंगबु बानियाँटारमाट ७ जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ टोखा नगरपालीका ८ वानियाटारबाट फागुन १६ गते बेलुका साँडे ७ बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा ७ जना नियन्त्रणमा लिएको हो । बानीयाटार स्थीत अक्कल बहादुर तामाङको घरमा जुवा खेली रहेको अवस्थामा नुवाकोट बिदुर नगरपालीका घर भई बानियाटारमा बस्दै आएका आशीस लामा लगायतलाई प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रू ३० हजार ८ सय रूपैया र ५ बुक तास बरामद गरी आवश्यक अनुसन्धान भईरहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।