सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 04, 2019
सैनीक मञ्चमा नेपाली सेनाको रेड अप्रेसन, भिआइपीको अगाडीनै ढले बिद्रोही !
रबिन थपलिया । काठमाण्डौं । फागुन २० । महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले आज टुडीखेलमा विशेष कार्यक्रम आयोजना गरि सैनीक कलाकौसल तथा रोचक कार्यक्रमहरु आयोजना गरेको छ । 

नेपाली सेनाको विशेष फौज बाहिनीको प्रस्तुती रहेको रेड अप्रेशन मार्फत बसमा रहेका बिद्रोहीहरुलाई हवाई र स्थल सेनाले घेराबन्दी गरेर निकै कौसलतापुर्वक नियन्त्रणमा लिएका थिए । मनोरञ्जनको लागि गरिएको रेड अप्रेसन सफल भएपछि उडिरहेको हेलीकप्टरबाट डोरीमार्फत झरेका सेनाहरु पुन झुण्डीएरै र्फकिएको जोखीमपुर्ण दृष्यहरु हेरेर कार्यक्रममा सहभागीहरु सैनीकको बहादुरीको प्रशंसा गरिरहेका थिए । रेड अप्रेसन अगाडी अर्को शैनिक कलाकौषलता प्रदान गर्ने क्रममा फ्रिफल जम्पको पारासुट राम्रोसंग नखुल्दा नेपाली सेनाका हुद्धा पुर्ण बहादुर भण्डारी सिधै जमिनमा खसेका थिए । सैनीक मञ्चको फलामे बार नजिकै खसेका भण्डारी थोरै पर खसेका भए मनोरञ्जनको लागि गरिएको कार्यक्रम शोकमा बदलीने थियो । भण्डारी भुईमा बजारीए लगतै कार्यक्रम स्थलमा रहेका एम्बुलेन्सले बिर अस्पताल पु¥याएका थिए । 
महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा व्यानर प्रदर्शन गरिए पश्चात विभिन्न पाटा, षट्कोण फर्मेशन, तथा ’सेना दिवस २०७५’ को आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाँई गरिएको थियो ।
सोही अवसरमा सैनिकहरुबाट फ्रि फल जम्प, सशस्त्र सैनिक युद्धकला, मार्च पाष्ट, विभिन्न झाँकी तथा भेषभुषाहरु, सैनिक युद्धकला, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हातरहतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रममा खुकुरी ड्रिल, रौद्र ताण्डब, मुकदल, सुट् टु किल, पिटी, तेक्वान्दो लगायतको बिभिन्न कला प्रदर्शन प्रदर्शनीले कार्यक्रमको रौनकता थपेको थियो ।



विशेष कार्यक्रममा राष्ट्रपति तथा नेपाली सेनाकी परमाधीपती श्रीमती विद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । सोहि अवसरमा राष्ट्रपतिद्वारा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही बार्षिक २०७५’को विमोचन गर्नुका साथै फ्रि फल जम्पमा प्रथम हुने सेनानी प्रकाश खड्का र द्वितिय हुने सेनानी धिरेन अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो 
महाशिवरात्री तथा सेना दिवस २०७५’ कै अवसरमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाबाट श्री कालिसिद्धि गण (ई) र श्री सेकेण्ड रेन्जर गणलाई निशान झण्डा, सामूहिक तालिममा प्रथम भएको श्री गौरीबक्स गुल्म र श्री रुद्रध्वज गणलाई पुरस्कार,पेशागत प्रतियोगिता २०७५ मा प्रथम भएको श्री कालीध्वज गणलाई प्रधानसेनापति ब्यानर,प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा प्रथम भएको श्री शम्शेर गुल्म र श्री मेहर गणलाई प्रकृति संरक्षण ट्रफी, उत्कृष्ट एवं साहसिक कार्य गरेका सैनिक तथा विभिन्न क्षेत्रका गैह्र सैनिक गरी २३२ जना मध्ये समारोहमा उपस्थित ८५ जनालाई प्रधानसेनापति प्रशंसा निशान, सेना दिवस २०७५ को अवसरमा भाग लिएकामध्ये प्रथम भएको श्री गोरख बहादुर गणलाई पुरस्कार प्रदान गर्नुभयो । त्यस्तैमानार्थ उप सेनानी दर्जामा पदोन्नति हुनुहुने ८५ जना पदिकहरुमध्ये उपस्थित ३१ जनालाई दर्ज्यानी चिन्ह प्रदान तथा नेपाली सेनामा पहिलो पटक श्री नं. २४ बाहिनी अड्डाका सुवेदार मनोज कुमार चौधरीलाई ’सेना प्रमुख सुवेदार’ को दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । 
त्यसै गरी शारीरिक तन्दुरुस्ती परीक्षामा पुरुष तर्फ प्रथम भएका सह(सेनानी नवराज थापा र महिला तर्फ प्रथम भएकी उप सेनानी श्रुती कुंवरलाई पुरस्कार, श्री अमरदल गुल्मका जमदार श्याम कुमार था.म.(अ.प्रा.) लाई प्रधानसेनापती उत्कृष्ट कृषक सम्मान, श्री मध्य पश्चिम पृतना हे.क्वा.का हुद्धा स्वर्गिय राम बहादुर खत्रीको श्रीमती कृष्ण कुमारी थापा खत्रीलाई महिला तर्फ र श्री सैनिक व्याण्डका सिपाही दिलिप कुमार सार्की (अ.प्रा.) लाई पुरुष तर्फको  प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान प्रदान गुर्नभयो । 
यस्तै, सेना दिवस कै अवसरमा छाउनीस्थित वीर स्मारकमा हिजो मिति २०७५ फाल्गुन १९ गते प्रधानसेनापति महारथी श्री थापालगायत पूर्व प्रधानसेनापतिहरु र बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दले माल्यार्पण गर्नुका साथै प्रधानसेनापति महारथी श्री थापाले वीरगति प्राप्त सैनिकका परिवारलाई सम्बोधन समेत गर्नु भएको थियो । सोही अवसरमा प्रधानसेनापति महारथी श्री थापा र सैनिक श्रीमती संघकी अध्यक्षबाट वीरगति प्राप्त सैनिकका परिवारलाई दोसल्ला ओढाई सम्मान, सैनिक श्रीमती संघबाट संचालन हुने स्वरोजगार कार्यक्रमबारे जानकारी तथा कल्याणकारी कोषका हिताधिकारीहरुलाई श्री वीरेन्द्र अस्पतालसम्म आवत(जावत गर्न पहिलो चरणमा चक्रपथ हुँदै बस सेवाको शुभारम्भ समेत गरिएको थियो । 

’महाशिवरात्री तथा सेना दिवस २०७५’ कै अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधान एवं रक्षा मन्त्री, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरुलगायत ठूलो संख्यामा परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video