सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 05, 2019
एयरपोर्टमा अवैध रुपमा लुकाईछिपाई लैजान लागेको अमेरिकी डलर सहित पक्राउ
काठमाडौं, फागुन  २१ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(४ बस्ने सरला खड्कार र काठमाडौं महानगरपालिका(१६ बस्ने रिंकु गुरुङ रहेका छन् । 
नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्कााको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो । 
पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर लगिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video