कृषि/प्रविधि
Mar 05, 2019
प्रदेश ३मा विवादमा पर्‍यो चीनबाट ४ हजार गाई ल्याउने निर्णय, मन्त्री भन्छन्- चाइनिज गाईले धेरै दूध दिन्छ
चितवन । प्रदेश नम्वर ३ सहित अन्य दुई प्रदेशले चीनबाट ४ हजार गाई ल्याउने तयारी गरेपछि चितवनका किसानहरुले विरोध गरेका छन् ।
नश्ल सुधारका लागि भन्दै चीनबाट ४ हजार गाई ल्याइने गरी गत शुक्रबार प्रदेश ३ सरकार र चीन सरकारसँग सम्झौता भएको छ ।चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साइन्स ९क्याम्स० र प्रदेश ३ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबीच भएको सम्झौतालाई चितवनका दूध उत्पादक किसानहरुले ‘किसान मारा काम’ भएको बताएका छन् ।प्रदेश ३ सरकारका कृषि मन्त्री दावा दोर्जे लामाले भने चाइनिज गाईले बढी दूध दिने भएकाले ल्याउन लागिएको भन्दै विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।

यस्तो छ गाई ल्याउने सम्झौता

प्रदेश सरकारले गरेको सम्झौता अनुसार चाइना सरकारले गाईमा आधारित डेरी सञ्चालनका लागि सहयोग गर्ने उल्लेख छ । चाइना सरकारले अहिले गरेको सम्झौता ८ वर्षसम्मका लागि लागु हुनेछ । चीन सरकारले नश्ल सुधार, घाँस खेती, दाना बनाउने प्रविधि, पशु स्वास्थ्य, डेरी सञ्चालन र दुग्ध जन्य पदार्थको बजारीकरणमा सहयोग गर्ने जनाएको छ ।
प्रदेश नम्बर तीनको सरकारका अनुसार गाई कार्गोबाट सिधै विमानस्थल ल्याइने छ । उक्त गाईहरु पालनका लागि दोलखा र सिन्धुली छनोट गरिएको छ ।यो परियोजना प्रदेश दुग्ध विकास बोर्डले सञ्चालन गर्ने छ । प्रदेश सभाबाट विधेयक पास गरे पनि बोर्ड गठन गरेको छैन ।चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ ।

किसानको आपत्ति

मिल्के होलिडेको मार झेलेका किसानलाई थप पलायन गराउन चीनबाट कमिसन खाएर गाई ल्याउन लागिएको आरोप चितनका दुग्ध उत्पादक किसानहरुले लगाएका छन् ।यहीँ मिल्क होलिडे छ, किसानहरुले दूध बेच्न सकेका छैनन् बाच्छीहरु भारत लग्ने गरिएको छ, किसानसमेत रहेका दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले भने, कसिमन खाने ध्याउन्नमा चीनबाट गाई ल्याउन खोजिएको हो ।’
चीनबाट गाई ल्याएर मुठ्ठीभरका बिचौलियाहरुलाई दिने र जीविकोपार्जन गरिरहेका किसानहरुलाई मार्ने काम गर्न खोजिएको बोर्डका सदस्य तिमिल्सिनाको भनाइ छ । चीनबाट गाई ल्याएर काभ्रेको कालिञ्चोक र चितवनमा केही व्यक्तिलाई दिन खोजिएको आरोप तिमिल्सिनाको छ ।
पछिल्लो समयमा चितवनमा मिल्क होलिडे सुरु भएको छ । ‘एकातिर जनताले दूध खान नपाउने, अर्कोतिर किसानको दूध विक्री नहुने कारण के हो रु त्यसको खोजी सरकारले पहिला गर्ने कि गाई भित्र्याउने रु’ तिमिल्सिनाले प्रश्न गर्दै भने, ‘पहिला उत्पादित किसानको दुधको उचित मूल्य र विक्री वितरण होस्, कति बाच्छी चाहिन्छ व्यवस्था मिलाउँला ।’

हावापानी नमिल्ने तर्क

प्रदेशले गाई खरिदको सम्झौता गर्दा पशुसेवा विभागले भने विदेशबाट ल्याइएका गाईलाई यहाँ हावापानी र पोषण सन्तुलन नमिल्ने बताउँदै आएको छ । विगतमा विदेशबाट ल्याइएका गाईबाट लाभ नमिलेको विभागको भनाइ छ ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले चीनबाट ल्याउने गाई नेपालको हावापानी अनुकुल नहुने र त्यसले सरकारको लागनी यसै खेर जाने दाबी गर्छन् । उनको बुझाईमा चीनबाट ल्याउन लागि गाईमा कमिसनको खेल छ ।नेपालमा नै अधिकतम १ लाख २० हजारसम्ममा गाई पाइने भन्दैं चीनबाट ल्याउने गाई धेरैं महंगो पर्ने सचिव बगालेले बताए । ‘चीनबाट गाई त आउँदैन यो त पक्का हो, तर प्रकृयामा नाममा पैसा खाने खेलोखेती मात्रैं गरिएको हो’ सचिव बगालेले भने ‘कमिसन खाने र जनता झुक्याउने दाउ मात्रै हो ।’बगालेले चीनबाट गाईको साटो नयाँ प्रविधि र नयाँ प्रजातिको गाईका लागि ‘सेक्स सिमेन’ वीर्य ल्याउन सकिने बताए ।

मन्त्री भन्छन् स् बढी दूध दिने गाई ल्याउन खोज्दा किन विरोध रु

प्रदेश नं ३ का कृषि तथा भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामाले चीन सरकारको अनुदानमा बढी दूध दिने गाई ल्याउन खोज्दा बिरोध गर्नुको कारण नबुझेको बताएका छन् ।अनलाइनखबरसँग कुरा गर्दै मन्त्री लामाले नेपालमा दूधमा परनिर्भर रहेकोले आत्मनिर्भर बनाउन धेरै दुध दिने गाई ल्याउन लागिएको जिकिर गरे । ‘किसानको तहबाट बिरोध भएको छैन, डेरी सञ्चालकहरुको विरोध हो,’ मन्त्री लामाले भने, ‘विरोध के कुरामा हो भन्ने पनि हामीले बुझेका छौं ।’यसरी ल्याइने गाईहरु किसानलाई कसरी दिने भन्ने बारेमा छलफलकै क्रममा रहेको मन्त्री लामाको भनाइ छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video