एक साताभित्रै ल्याब मेशिन र दक्ष जनशक्तिको व्यवस्थापन हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत  |  कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह  |  गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
स्थानीय सरकार
Mar 08, 2019
नुवाकोटको सुनखानीमा थानापति–दामचन्द्रमाला मन्दीरको शिलान्यास
काठमाण्डौं । फागुन २४ । नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानीमा थानापति दामचन्द्रमाला मन्दीरको शिलान्यास गरिएको छ । 
मन्दीरको आज एक कार्यक्रमका बिच वडा अध्यक्ष माधव प्रसाद भेटुवाल र मन्दीर व्यवस्थापन समितिका अध्यक्ष भगबान पाण्डेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 
२०७२ सालको महाभुकम्पमापरि भत्कियको यस मन्दिर निर्माणका लागि शिवपुरी गाँउपलिका बाट ६ लाख, वडा नं. ७ सुनखानीबाट १ लाख र स्थानीयबासी तथा चन्दादाताहरु मार्फत रु ७ लाख संकलन भएको स्थानीय शिक्षक राज पाण्डेले जानकारी दिए । 
मन्दीरको शिलान्यास गदै शिवपुरी गाँउपालीका ७ सुनखानीका वडा अध्यक्ष माधब प्रसाद भेटुवालले बिभिन्न धर्म,जाती र समुदायको हितको निम्ती काम गर्न आफु सदैब तल्लीन रहेको बताँउदै मन्दीर निमार्णका निम्ती सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
थानापति–दामचन्द्रमालाको मुख्य मन्दीर भने शिवपुरी गाँउपालीका ८ थानापतिमा रहेको छ । थानापतिमा रहेको पौराणीक र एतिहाँसीक महत्व बोकेको मन्दीर पनि भुकम्पले भत्काएकाले हाल पुरातत्व बिभागद्धारा दुई करोडको टेण्डर भई धमाधम निर्माण भइरहेको छ । 
मन्दीर शिलान्यासको तस्वीर ः राज पाण्डे 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video