प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 10, 2019
सवारी दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौं, २६ फागुन चितवन, बैतडी, कपिलवस्तु, धनकुटा,कञ्चनपुर, धनुषा, झापा र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । 
चितवन, माडी नगरपालिका-१ स्थित सडकमा  चितवन राष्ट्रिय निकुन्ज भित्र टाडीबाट माडीतर्फ जन्ती लिई जाँदै गरेको ना.७ ख २२८ नम्बरको बस आफै अनियन्त्रित भई शनिबार साँझ पल्टिँदा गम्भीर घाइते भएका बसमा सवार माडी नगरपालिका-२ चिरौली बस्ने अन्दाजी ३० वर्षीय मिथुन महतोको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 
बैतडी, पाटन नगरपालिका-६ स्थित भिमदत्त पोलि टेक्निकल अगाडि शनिबार साँझ अनटेष्ट लेखिएको जेसिबिले सडक खन्ने क्रममा च्यापिएर सोही नगरपालिका-२ बस्ने १९ वर्षीय पुर्णनन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 
कपिलवस्तु, बुद्धभूमि-४ ईमिलियास्थित सडकमा लु.३ त १९७६ नम्बरको ट्याक्टरले लु.४५ प ४५५४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने ४५ वर्षीय सन्तराम थारुको ४ नम्बर सामुदायिक अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको  छ । 
धनकुटा, चौविस गाउँपालिका-३ कन्यापोखरीस्थित भित्री सडकमा भेंडेटारबाट राजारानीतर्फ जाँदै गरेको को.१ त ५७६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई भिरबाट अन्दाजी १ हजार २ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा गम्भिर घाइते भएका ट्याक्टर चालक सोही स्थान बस्ने ३० वर्षीय मनसिंह तामाङको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । 
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-११ स्थित सडकमा म.२ प २७१२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने ४० वर्षीय बुद्धिराम चौधरीलाई उपचारको लागि सेती अंचल अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका-२ भासी बस्ने ३२ वर्षीय रूपसिंह चौधरीलाई उपचारको लागि भारतको खटिमातर्फ लगिएको छ । 
धनुषा,  मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ फेचाहस्थित भित्री सडकमा ज.१ त ९९६६ नम्बरको ट्याक्टर शनिबार राति आफै अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही गाउँपालिका बस्ने १३ वर्षीय विकेश रामलाई उपचारको लागि जनकपुर अंचल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 
झापा, कमल गाउँपालिका-५ पाँडाजुङीस्थित सडकमा रोकी राखेको बा.१३ च ७५२७ नम्बरको कारको पछाडी मे.९ प २९८८ नम्बरको मोटरसाइकल शनिबार राति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका बस्ने ४९ वर्षीय महेन्द्र भट्टराईको लाईफ लाईन हस्पिटल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शिवसतासी नगरपालिका-८ डुडाँमारी बस्ने ४६ वर्षीय कुमार गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सर्लाही, लालबन्दी नगरपालिका-२ जुटपानीस्थित सडकमा बा.७८ प ५२९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने ८३ वर्षीया धनमाया कार्कीको शनिबार राति मृत्यु भएको छ । उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको चुरेहिल अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हरिपुर नगरपालिका-९ बस्ने २१ वर्षीय मनोज राउतको मोडल अस्पताल नवलपुरमा उपचार भइरहेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video