सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
स्थानीय सरकार
Mar 15, 2019
शिवपुरीका वडा अध्यक्ष लालबहादुर तामाङद्धारा तलब सुविधाको १० प्रतिशत रकम छात्रबृत्तिका लागि प्रदान
काठमाण्डौं । चैत १ । नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं ६ का वडाअध्यक्ष लाल बहादुर तामाङले गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि आफनो तलब र सेवा सुविधाबापत हाल सम्म प्राप्त रकमको १० प्रतिशत सहयोगगर्ने घोषणा गरेका छन् । 
तामाङले आफनो वडा मातहतका दुई माध्यामीक विद्यालय समुन्द्रा मावि र कालीका मावि गुर्जेका गरिब र जेहेन्दर विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि सहयोग प्रदानमा गर्ने घोषणा गरेका हुन् । 
हाल सम्म प्राप्त तलब र सुविधा बापत हुने रु ४० हजार दुवै विद्यालयमा आधा आधा प्रदान गरीने अध्यक्ष तामाङले बताए । तामाङले घोषणा गरे अनुसारको उक्त रकम हिजो कालीका मावि गुर्जेको ३१ औं बार्षिकोत्सब तथा अविभाबक दिवसको अवसरमा आयोजीत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार श्रेष्ठलाई रु २० हजार रकम प्रदान गरेका हुन । समुन्द्रा माविमा पनि चाँडैनै रकम हस्तान्तरण गर्ने तामाङले बताए । 

कालीका माविको ३१ औं बार्षिकोत्सब तथा अविभाबक दिवस सम्पन्न

Image may contain: 3 people, people smiling, people standing

नुवाकोट । नुवाकोटको शिवपुरी गाँउपालीका ६ स्थीत कालीका माध्यामीक विद्यालयले ३१ औं बार्षिकोत्सब तथा अबिभाबक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावा तामाङ को सभापतित्व तथा शिवपुरी गा पा वडा न ६ का वडाअध्यक्ष  लालबहादुर तामाङ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्षद्धारा विद्यालयलाई सहयोग प्रदान गरेका छन् । अध्यक्ष तामाङले आफनो सेवा सुविधाबापतको १० प्रतिशत रकम तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावाले २० हजार बराबरको स्पीकर विद्यालयका प्रध्यानाघ्यापक कृष्ण कुमार श्रेष्ठ हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयमा विभिन्न विधामा सवोत्कृष्ट स्थान हासिल गर्न सफल विध्यार्थिहरुलाइ पुरस्कार वितरण गरियो भने विध्यार्थिहरुबाट विविध सास्कृतिक नृत्य नाटक तथा गीतहरुले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियोे । 
Image may contain: 7 people
Image may contain: 9 people, people standing
dd
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video