सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 18, 2019
आगलगीमा परी ७० बर्षिया बृद्धाको मृत्यु ,३५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
काठमाडौं, ४ चैत  धनुषामा आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने उदयपुर, सिराहा, रुकुम(पश्चिम), पर्सा र मोरङमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  
धनुषा, जनकपुर उपमहानगरपालिका-१५ रामपुर बस्ने ७० वर्षीया बिन्दादेवी पञ्जियारको आगलागीमा परी सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरको कोठाभित्र लामखुट्टे धपाउने धुप बाल्ने क्रममा आगो सल्कन जाँदा शरिरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको जनकपुर अञ्चल अस्पताल उपचार पश्चात थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उदयपुर, ताप्ली गाउँपालिका-५ राजदह बस्ने शरदकुमार भुजेलको फुसको घरमा आइतबार दिउसो आगलागी हुँदा करिब १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।  
सिराहा, बिष्णुपुर गाउँपालिका-२ राजपुर बस्ने रामअवतार ठाकुर बरहीको घरमा आइतबार साँझ आगलागी हुँदा उक्त आगो फैलिएर सोही गाउँपालिका-३ बस्ने देव नारायण यादव समेत २ जनाको घरमा समेत आगलागी हुँदा ३ वटा फुसको घर जलेर करिब ११ लाख ४० हजार रुपैयाँ बराबरको धनजमाल नष्ट भएको छ ।
रुकुम(पश्चिम), सानोभेरी गाउँपालिका-२ बस्ने कालीबहादुर रोकायाको घरमा आइतबार राति आगलागी हुँदा करिब २ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
पर्सा, बीरगंज महानगरपालिका-१६ ईनर्वागाँउ बस्ने गोरख राउत अहिरको गोठघरमा सोमबार बिहान लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा करिब ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।  
मोरङ, ग्रामथान गाउँपालिका-४ मोतीपुर बस्ने सोफा लाल सरदारको घरमा सोमबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video