आज मिति २०७६ मंसिर २९ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता
मनाेरञ्जन/रोचक
Mar 19, 2019
सुरज कुमार थापाको “नाचन नाचन” सार्वजनिक
काठमाडौं । विगत २५ वर्षे देखी नेपाली संगीत क्षेत्रमा निरन्तर लागी रहेका चर्चित युवा गायक सुरज कुमार थापाको आधुनिक पुस्तालाई लक्षित गर्दै बिलकुलै फरक धारको नयाँ तथा रमाईलो “नाचन नाचन” बोलको गीत सार्वजनिक भएको छ । 
सन्तोष बस्न्यातको प्रस्तुती तथा शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापा स्वयंमको रहेको छ । नेपाली लोक तथा आधुनिक बाध्य यन्त्रहरुको कुशल संयोजनमा तयार पारिएको यस गीतलाई मिक्सिङ तथा मास्टरिङ अशोक महर्जन र रेर्कडिङ शम्भु कुमार तण्डुकारले गरेका छन् । 
प्रज्ञा एच.डी. रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको उक्त रमाईलो गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन अमृत शाहि ठकुरीले गरेका छन् भने कलाकारहरुमा स्वयं अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के.सी, सन्देश शर्मा र विविध ब्याण्डलाई प्रस्तुत गरिएको छ भने जि.ए.फेथ. डि. एम. क्रियशनको नृत्य प्रस्तुती रहेको छ । 
अहिलेका चर्चित सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा हुँमागाईले छायाँकन गरेको उक्त भिडियोलाई चर्चित सम्पादक विकाश ज्ञवालीले सम्पादन गरेका छन् भने नृत्य निर्देशक रे ज्याक खड्का, सहायक निर्देशन निरजन महत र मेक अप अनिता ग्वाचाको रहेको छ ।  
विगत १५ वर्ष देखी चर्चित नेपाली सांगीतक समुह “नेपथ्य”मा समेत सकृय सदस्यको रुपमा आबद्ध रहेका गायक सुरज कुमार थापा विगत १७ वर्ष देखी विभिन्न विद्यालयहरुमा संगीत शिक्षकको रुपमा समेत कार्यरत रहेका छन् । 
“पश्चिम कोही पूर्व घर” (चर्चित राष्ट्रिय गीत) , “यस पालि त जन्ते बाख्रो खान पाईने भो” (चर्चित चलचित्र गित), “गहिरो घाउ”, “भो माया अब लाउँदिन” र “नाम बिना” जस्ता ख्याति प्राप्त गीतहरुमा स्वर दिईसकेका गायक सुरज कुमार थापाले हाल सम्म “चिनारी”, “क्यानभास”, र “परिभाषा” गरी ३ वटा एकल एल्बम र अन्य थुपै्र कलेक्सन एल्बमहरु र केही नेपाली चलचित्रहरुमा समेत आफ्नो पाश्र्व स्वर दिईसकेका गायक थापाले वि.सं. २०४८ सालमा रेडियो नेपालबाट आधुनिक गायन तर्फ स्वर परिक्षा उतिर्ण गरी हाल सम्म रेडियो नेपालमा थुप्रै आधुनिक, राष्ट्रिय, भजन, लोक तथा केही बालगीतहरुमा आफ्नो स्वर दिईसकेका छन् । 
वरिष्ठ गायिका तिर्थकुमारी थापाका सुपुत्र अनि वरिष्ठ गायक, संगीतकार तथा रचनाकार अम्बर गुरुङका प्रिय चेला गायक सुरज कुमार थापाले रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलन अन्तर्गत गायन तर्फ तृतिय (सन १९९८), चौथो (सन २०००) र दोस्रो (सन २००२) स्थान हाँसिल गरेका थिए । “उत्कृष्ट युगल गायन अर्वाड” (ईमेज अवार्ड, सन २०१५),  “उत्कृष्ट युगल गायन अर्वाड” (विन्धवासिनी म्युजिक अवार्ड, सन २०१५), उत्कृष्ट आधुनिक गायक तथा संगीतकार (ओ.एस. म्युजिक अर्वाड, सन २०१७), “वर्षको उत्कृष्ट एल्बम–क्यानभास” (ईमेज अर्वाड, सन २०१७), “वर्षको उत्कृष्ट एल्बम–परिभाषा” (ओ.एस म्युजिक अर्वाड, सन २०१८) गरि थुर्पै महत्वपुर्ण म्युजिक अर्वाडहरु प्राप्त गर्न सफल भैसकेका लोकप्रिय गायक हुन् ।
हाल सम्म अमेरिका, अस्टे«लिया, युरोप, जापान, दक्षिण कोरिया, ईजरायल, दुबई, सिंगापुर, हङकङ, चिन, भारत र स्वदेशमा थुप्रै पटक आफ्नो सांगीतिक प्रस्तुति दिईसकेका गायक थापाले यस रमाईलो “नाचन नाचन” गीत तथा म्युजिक भिडियो मार्फत आम दर्शक तथा श्रोतालाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने कोशिस गरेका छन् । 
गितको म्युजिक भिडियो डि.ए.आर. मुभिजको आधिकारिक युटुव च्यानलबाट आम दर्शक तथा स्रोतामाझ ल्याईएको छ ।म्युजिक भिडियो हेर्नको लागि तलको लिङ्कमा जानुहोस ।  https://www.youtube.com/watch?v=-csaE3JH92Q
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video