सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 19, 2019
नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई थप परिष्कृत गराइने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
काठमाडौं,  चैत  । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका लागि समयसापेक्ष दक्ष जनशक्ति उत्पादन गर्न आगामी प्रशिक्षण प्रणालीलाई थप परिष्कृत गराइने बताउनुभएको छ । 
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा गत शुक्रबारदेखि सुरु भएको २०७६र०७७ को वार्षिक तालिम योजना निर्माण सम्बन्धी गोष्ठीको मंगलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच समापन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । 
नेपाल प्रहरीको प्रशिक्षण प्रणालीमा सुधार ल्याउन गोष्ठीका निष्कर्ष महत्वपूर्ण र फलदायी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले ती निष्कर्ष र योजनालाई उच्च प्राथमिकता र सान्दर्भिकताका आधारमा लागू गर्दै जाने बताउनुभयो ।  
प्रहरी सेवाप्रति निष्ठावान जनशक्ति उत्पादन गर्न तालिम प्रदायक निकायहरुले तालिमको सामग्री, पाठ्यक्रममा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले खुसीकासाथ तालिममा सहभागी हुने वातावरण निर्माण गरी प्रशिक्षार्थीले स्वअनुशासित भएर तालिममा सहभागी हुने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो । नियमित गतिविधिलाई थप परिमार्जन गरी नयाँ रचनात्मक विषयवस्तुको समावेश गरी वार्षिक तालिम योजना निर्माण गरी प्रशिक्षण प्रदान गरिएमा प्रशिक्षार्थीहरु थप लाभान्वित हुने उहाँले उल्लेख गर्नुभयो ।
तालिम केन्द्रहरुले आवश्यक्ता अनुसार इ(लाइब्रेरी, तालिमका लागि सहयोग सामग्री, भिडियो कन्फ्रेरेन्स लगायतलाई उचित प्रयोग गरी तालिम दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले नागरिक समाजमा प्रभाव पार्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको प्रशिक्षण दिइनुपर्ने बताउनुभयो । 
सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले गोष्ठीको सारसंक्षेप प्रस्तुत गर्दै मुलुकको बदलिंदो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आत्मबलयुक्त, निर्भिक बनाउने प्रशिक्षण एवं प्रहरी युक्ति तथा कारवाही तालिम संचालन गर्नुपर्ने बताउनुभयो । समुदाय(प्रहरी साझेदारी कार्यक्रमको लागि दक्ष प्रशिक्षक तयार गरी प्रशिक्षण संचालन गर्नुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।  
कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीमा भएका छलफल र निष्कर्षले आगामी वर्षका लागि उपलब्धिमुलक तालिम योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चार दिवसीय उक्त गोष्ठीमा तालिम प्रदायक संस्थाका निर्देशक, प्राचार्य, समादेशक, प्रहरी प्रधान कार्यालयका विभिन्न निर्देशनालय, महाशाखा, शाखाका प्रमुख तथा प्रतिनिधिहरु, उक्त प्रतिष्ठानका सहभागीहरु एवं प्रतिष्ठानको तत्वावधानमा तालिम संचालन हुने प्रहरी कार्यालयका प्रतिनिधिहरुले आ(आफ्नो संस्था तथा कार्यालयको तालिम आवश्यकता तथा आवश्यक स्रोत व्यवस्थापन सम्बन्धी विषय उठान, प्रस्तुतीकरण तथा छलफल गर्नुभएको थियो ।
गोष्ठी समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रदेशस्थित तालिम केन्द्रका प्रमुखहरु, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रमुख, प्रहरी युक्ति तथा तालिम महाविद्यालयका प्रमुख, बरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video