स्थानीय सरकार
Mar 19, 2019
शिवपुरीमा लक्षीत बर्गसंग उपाध्यक्ष कार्यक्रम, गाँउ गाँउमा उपाध्यक्ष पुगेपछि लक्षीत बर्गले राखे यस्तो गुनासो
काठमाण्डौं । चैत्र ५ । सरकारले दिने सेवा सुविधाहरु टाठाबाठा र पहुंच हुनेहरुले मात्र उपभोग गरिरहेको व्यापक गुनासो बढदै गइरहेको अवस्थामा नुवाकोटको शिवपुरी गाँउपालीकाले गाँउ गाँउमा गएर लक्षीत बर्गका गुनासोहरुलाई सुनेर सम्बोधन गर्न बिशेष कार्यक्रम ल्याएको छ । शिवपुरी गाँउपालीकाले लक्षीत बर्गसंग उपाध्यक्ष नामक कार्यक्रम ल्याएर गाँउपालीकाका दुरदराजमा उपाध्यक्ष मार्फत सरकारी सेवा सुविधा र लक्षीत बर्गहरुको गुनासोलाई सम्बोधन गर्ने कार्यक्रम अगाडी सारेको हो । जस अनुसार गाँउपालीकाले वडा नं १ तलाखु र वडा नं ८ थानापतिमा उक्त कार्यक्रम गरेको हो । 
शिवपुरी गाँउपालीका वडा नं ८ थानापतिको साविक वडानं १ चैजुको तामाङ बस्तीमानै पुगेर गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसीले लक्षीत बर्गका महिलाहरुको गुनासो सुनेकी छन् । चैजुको अमर प्रा.विमा आज आयोजीत कार्यक्रममा सहभागी लक्षीत बर्गका प्रतिनिधिहरुले घरायसी देखि बिकास निर्माण सम्म आफुहरुलाई बिभेद भएको भन्दै विशेष कार्यक्रमहरु ल्याइदिन आग्रह गरे । उपाध्यक्षसंग गुनासो गर्ने क्रममा महिला सहभागीहरुले सामुहीक तरकारी खेती, सिलाईबुनाई र पौढशिक्षा जस्ता कार्यक्रम ल्याईदिन आग्रह समेत गरेका थिए । 
कार्यक्रममा स्थानीय युवा महेन्द्र लामाले तामाङ तथा लामा समुदायहरुको मृत्यु पछिको दाहसंस्कार गर्ने ठाँउको समेत अभाब रहेको भन्दै त्यस बिषयमा गम्भीर रहीदिन उपाध्यक्षलाई आग्रह गरेका थिए । 
लक्षीत बर्गहरुको गुनासोको सम्बोधन गर्ने क्रममा उपाध्यक्ष केसीले लक्षीत र आवाज बिहिनी बर्गहरुको गुनासोलाई नै सम्बोधन गर्नको लागि लक्षीत बर्गसंग उपाध्यक्ष कार्यक्रम ल्याईएको बताँउदै गाँउपालीकाले आगामी दिनमा गुनासोलाई सम्बोधन गदै बजेट बिनियोजन गर्ने बताईन् ।  
कार्यक्रममा शिवपुरी गाँउपालीकाका कार्यपालीका सदस्य कुञ्जन नेपाली, शिवपुरी गाँउपालीका वडा नं ८ थानापतिका वडासदस्यद्धय ठुलीमायाँ तामाङ र लक्ष्मी मिजार, नुवाकोट बिकास संस्थाका कोषध्यक्ष हरीप्रसाद सिटौला, अमर प्रा.विका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम तामाङ लगायतको उपस्थीति रहेको थियो । 

dg
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video