नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ  |  थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’  |  गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन  |  स्वास्थ्य सेवा : दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा  |  पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला  |  साताको शेयर बजार : साढे आठ अर्बको कारोबार  |  विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा  |  महोत्तरीमा क्रसर उद्योग बन्द गरिने  |  शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा
प्रवासी खबर
Mar 22, 2019
उत्तर कोरियाले कर्मचारी फर्कायो
  सोल,  चैत  (रासस /एएफपी) – दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्र्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । 

केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ । 

गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा कोरियाली प्रायःद्वीप मेलमिलाप र सम्पर्कका लागि सो कार्यालय खोलिएको थियो । तर प्योङयाङले सो कार्यालयबाट आफ्ना कुटनीतिज्ञलाई फिर्ता लगेको दक्षिण कोरियाका उप–एकीकरण मन्त्री चुन हाए सुङ्ले बताउनुभएको छ । 

माथिल्लो तहबाट नै यस्तो आदेश आएको आफ्ना कर्मचारीको भनाइ उद्धृत गर्दै मन्त्री चुनले भन्नुभयो, “उत्तर कोरियाका कर्मचारीहरु तपाइँहरु जेसुके गर्नुस् भन्दै एकाएक बाहिरिए ।” 

अमेरिकाले प्रतिबन्ध लगाउने अडान लिइरहेको खण्डमा देशको सार्वभौमिकता र सर्वोच्च हित प्रतिरक्षा गर्नका लागि नयाँ बाटो अपानाइने उत्तरी कोरियाली नेता किमले नयाँ वर्षको उपलक्ष्यमा दिनु भएको सम्बोधनमा बताउनुभएको थियो । 

मन्त्री चुनले उत्तर कोरियाले सम्पर्क कार्यालयबाट आफ्ना कर्मचारी हटाउने निर्णय निकै दुःखद रहेको पनि बताउनुभयो । तैपनि हामी सम्पर्क कार्यालयका कर्मचारीलाई तत्कालै फिर्ता बोलाउने छैनौं, उहाँले भन्नुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video