मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
प्रवासी खबर
Mar 31, 2019
स्लोभाकियामा क्यापुटोभा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित
राटिस्लाभ,  चैत १७ – सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उहाँ स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ ।

वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी युरोपेली यूनियनका ऊर्जा आयुक्त मारोस सेफ्कोभिकले ४१ दशमलब ५९ मात्र मत पाएका थिए । तैपनि, मतगणनाको औपचारिक घोषणा आइतबार गरिने निर्वाचन आयोगले जनाएको छ ।

विजयी भएपछि प्रतिक्रिया दिँदै ४५ वर्षीया क्यापुटोभाले विपक्षीलाई गालीगलौज नगरी पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टी भएको बताउनुभयो । यही प्रवृत्ति युरोपेली संसद र अर्को वर्ष हुने स्लोभाक संसदको चुनावमा पनि दोहोरिने विश्वास व्यक्त गर्नुभयो ।

सत्तारुढ दलका तर्फबाट चुनावमा उठ्नुभएका ५२ वर्षीय सेफ्कोभिकले आफ्नो हार भएको स्वीकार्दै क्यापुटोभालाई विजयी भएकामा बधाई दिनुभएको छ । सत्तारुढ स्मेर–एसडी पार्टीका तर्फबाट प्रधानमन्त्री रहनुभएका पिटर पेलिग्रिनीले राष्ट्रपतिसँग रचनात्मक समझदारी निर्माण गरिने बताउनुभयो ।
(रासस/एएफपी)
––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video