प्रवासी खबर
Apr 01, 2019
तराईको बितण्डकारी हावाहुरीबाट प्रभावितलाई एनआरएन जर्मनीद्धारा तत्काल २ लाख सहयोगको घोषणा
काठमाण्डौं । चैत्र १७ । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट प्रभाबीत भएका पिडति परिवारहरुलाई एनआरएन जर्मनीले तत्काल दुई लाख दिने निर्णय गरेको छ । एनआरएनए जर्मनीका अध्यक्ष बिजय मोक्तानले केहि बेर अघि निर्णयबारेमा सामाजीक सञ्जाल मार्फत सार्वजनीक गरेका हुन् । तराईमा हिजो भएको उक्त बितण्डकारी हावाहुरीबाट ३५ जनाको मृत्यु भइसकेको छ भने ६ सय बढी घाइते भएका छन् । हावाहुरीबाट करोडौंको धनमाल, लत्ताकपडा र भौतिक संरचनाहरु ध्वस्त भएका छन् । अध्यक्ष मोत्तानले हावाहुरीबाट प्रभाबीतहरुका लागि थप सहयोग गर्न एनआरएनए एलसीसी जर्मनी च्याप्टर तथा जर्मनबासी नेपालीहरुलाई अपील गरेका छन् । 
बारा र पर्सामा भएका उक्त बिध्वंसात्मक हावाहुरीबाट प्रभाबीतलाई रकम तोकेरनै आर्थिक सहयोग घोषणा गर्ने एनआरएनएहरुको संस्था मध्य एनआरएनए जर्मनी पहिलो हो । आज बिहानै एनआरएनए आईसीसिले बिज्ञप्ती निकाल्दै दुख व्यक्त गरेको थियो ।   
हावाहुरी प्रभाबीतका लागी थप सहयोग गर्न जर्मनबासी नेपालीहरुलाई आग्रह गरेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video