पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
राजनीति
Apr 05, 2019
संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित’
जनकपुरधाम, २२ चैत  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

कैथबनियाँ सेवा समाजको दोस्रो राष्ट्रिय महाधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै नेपालले संविधानले १३६ जातजातिको अधिकारलाई सुनिश्चित गरेको छ भन्नुभयो । आफ्नो इतिहासप्रति गौरव बोध गर्दै सबैले मिलेर समृद्धिको बाटोमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले जातजातिको रङविरङको सुन्दरतालाई बचाउनु जरूरी छ भन्नुभयो ।

समाजमा दाइजोका कारण छोरीसँग विभेद गर्ने मनोदशामा परिवर्तनका लागि छोरीलाई पढाउनुपर्ने खाँचो आँैल्याउँदै नेता नेपालले देश नयाँ युगमा प्रवेश गरेको अवस्थामा पनि कुरीति कायम रहनु चिन्ताको विषय भएको धारणा राख्नुभयो । छोरालाई सम्मान र छोरीलाई अपमान नगरी दुवैलाई समान व्यवहार र संस्कार दिनु अपरिहार्य भइसकेको छ भन्दै उहाँले प्रेम र सद्भावसँगै सामाजिक सौहार्दता कायम राख्नु पर्दछ भन्नुभयो । 

नेता नेपालले प्रगतिप्रति वैरभाव र सङ्कीर्णभाव नराखी नयाँ सोच, जागरणसँगै सुसंस्कृति र संस्कारलाई जीवन्त राख्नुपर्ने उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य शत्रुधन महतो र रामआशीष यादवले कुनै पनि समुदायले हीन भावना नराखी सामाजिक कुरीतिको अन्त्य गर्न एकजुट हुुनुपर्दछ भन्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video