प्रवासी खबर
Apr 06, 2019
शान्ति प्रक्रियाका लागि राष्ट्रसंघ महासचिव लिबियामा
त्रिपोली, चैत  २३ लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस शुक्रबार लिबिया आउनु भएको छ । भ्रमणका क्रममा उहाँले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गर्नु भएको छ । “मलाई लिबियाका बारेमा गहिरो चासो छ, मलाई अहिले पनि विश्वास छ की लिबियामा भइरहेको रक्तपातको अन्त्य गर्न सकिनेछ,” उहाँले भन्नुभयो । देशको पूर्वी सहर बेन्घाजी प्रस्थान गर्नुअघि पत्रकारहरुसँगको कुराकानीमा उहाँले शान्ति स्थापनाको प्रयासमा सफलताका लागि सवैलाई जिम्मेबार र लचकदार हुन आह्वान पनि गर्नुभयो । लिबियाका सवै संस्था तथा निकायहरु एकजुट भएमा समस्या सहजै समाधान गर्न सम्भव भएको गुटेर्रसको भनाई छ । लिबियाको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघको तर्फबाट सवै सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति स्थापना गर्न सकियो भने लिबियामा सुरक्षा, सम्बृद्धि र मानवअधिकारको प्रत्याभूति गराउन सकिनेछ ।” (रासस÷सिन्ह्वा)


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video