सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 08, 2019
आकर्षक जिल्लामा सरुवा हुन एसपीहरुको पावर भिडाँउदै
 काठमाडौं, । नेपाल प्रहरीले केही जिल्लाका एसपीहरुको सरुवा तयारी गरेको छ । चितवन, पर्सा, कास्की र रुपन्देही जिल्लाका एसपीको ९ महिना पुगिसकेपछि त्यहाँ नयाँ प्रहरी प्रमुख पठाउन लागिएको छ । आकर्षक मानिने यी जिल्लामा सरुवा हुनका लागि शक्तिशाली एसपीहरुको दौड चलेको छ ।आइजीपी सचिवालयका एसपी दानबहादुर कार्की रुपन्देही सरुवा हुन पर्खिबसेका छन् । आफू रुपन्देही सरुवा हुनकै लागि उनले यसअघि नै डीएसपी धर्म भण्डारीलाई सेट गरिसकेका छन् । रुपन्देहीमा राम्रो काम गरिरहेका कुमोद ढुंगेललाई केही समय बस्न चाहे पनि एसपी कार्कीकै जोडमा चन्द्रनिगाहापुर सरुवा गरी भण्डारीलाई पठाइएको थियो ।

त्यसैगरी चितवन सरुवा हुनका लागि प्रहरी प्रधान कार्यालयका दानबहादुर मल्ल र अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले पावर भिडाइरहेका छन् । मल्ल पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पीएसओ बसिसकेकाले उनको जिल्लामा आफू नै सरुवा हुने कुरामा निश्चित भएको प्रचार गराइरहेका छन् । राठौर चितवन नपाए कास्कीमै भए पनि नछाड्ने पक्षमा छन् ।
कर्मचारी प्रशासन शाखाका प्रमुख चन्द्रकुवेर खापुङ पर्साको एसपीका लागि लबिइङमा छन् । यसअघिका कर्मचारी प्रशासनका प्रमुख रेवती ढकाल पनि पर्सामै सरुवा भएका थिए । कर्मचारी प्रशासनमा बस्नेहरुले पर्सा नै रोज्नुको कारण भने आकर्षक अतिरिक्त कमाइलाई लिने गरिएको छ । दानबहादुर कार्की रुपन्देही सरुवा भए आइजीपी सचिवालयमा जाने दाउमा एसपी रमेश थापा छन् ।

आइजीपी सचिवालय नपाए उनी कर्मचारी प्रशासन शाखामै जाने योजनामा छन् । अर्का एसपी जनार्दन जीसीले पनि कर्मचारी प्रशासन शाखा ताकिरहेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ ।

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको सोर्स भिडाएर भए पनि यी आकर्षक जिल्लामध्ये एकमा सरुवा हुन एसपी नवराज अधिकारी पनि लागेका छन् । मन्त्री मगरको गृहजिल्ला कन्चनपुरका एसपी अधिकारीले कालिमाटीको डीएसपी हुँदा माजोङ क्यासिनोमा नेपालीलाई पक्राउ गरी घुस खाएर छाडेको आरोप लाग्दैआएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video