प्रवासी खबर
Apr 11, 2019
एनआरएन भवन कसको हजुर ?
अनुराधा पौडेल . तस्विरमा देखिएको यो भवन हामी बिदेशमा बस्ने नेपालीको चन्दा र दानबाट २५ करोडको लागतमा तयार भएको हो । यसको नाम एनआरएन भवन हो।
यो भवन काठमान्डुमा बालुवाटारस्थित प्रधानमन्त्री निवासको दैलो अगाडी छ ।
यो भवन बनाउँदा काठमान्डु नगरपालिकाले मापदन्ड पुगेन भत्काउ भनेर दिउसो दिउसो मान्छे पठाएर काम रोक्न लगायो तर एनआरएनले मापद्नड अनुसारकै भएको दाबी गर्दै राती राती दुईगुना चौगुना गर्दै काम सकायो । भवन ठडाएरै छाड्यो। 
यो भवन बनाउनेबेला केहि शिर्ष नेताहरुले बिबादित जमिनमा भवन नबनाउँ । यति पैसाले अलि बाहिर किनौ,फराकिलो बाटो र धेरै जग्गा आउँछ भन्नुभएकै हो तर होईन प्रधानमन्त्री कृष्णप्रसादका पालामा फिर्ता आएको जग्गा हो यो कुनै बिबाद छैन भनेर कुरा ल्याईयो । सँभवत मिलाईयो ।
शिर्ष नेताहरु चुप हुनुभो हामी साधारण सदस्यले पनि पत्यायौँ । नपत्याउने कुरै थिएन । फेरी हामी दुई चार रुप्पे कमाउनेले बोलेर पनि त भएन । प्रोजेक्टलाई साथ दिने शिर्ष नेता नै त हो ।
हामीले काठमान्डु नगरपालिकाले दुख दिएकोमा मन दुखायौँ र हामीलाई काठमान्डु महानगरपालिकाले बिभेद गरेको भन्ने ठान्यौँ । घुस नपाएर दुख दिएको र हाम्रो डाह गरेको भन्ने ठानेम् । 
एनआरएनको उन्नती प्रगति बिबरणको कुरा गर्दा यो सुन्दर भवनको कुरा जहा जहाँ सुन्यौँ त्यहाँ त्यहाँ हामीले खुसीले गदगद भएर बेस्सरी ताली ठोक्यौँ ।
लाग्यो यो हाम्रो पहिचान हो ।
लाग्यो बिदेशी भुमीका नेपालीको प्रत्येक आवेग र संवेगहरु यसले बोकेको छ । लाग्यो यो हाम्रो कार्यालय हो । लाग्यो तिर्थस्थल हो अनि यो भवनले हाम्रो ईच्छा, आकँक्षा र महत्वको उजागर गर्छ । मातूभुमी प्रति लगाव छ र ठान्यौँ यो भवन रहुन्जेल हामीलाई कसैले नेपाली होईन भन्ने छैन र हाम्रा छोरछोरीहरुको नेपाली पहिचान खोस्ने सामर्थ कसैको हुनेछैन ।
तर हिजो सरकारी छानविनमा थाह भयो, यो भवन एनआरएनको जमीनमा होईन तीन रोपनी एक आना सरकारी जमीनमा ठडिएको छ । 
ईतिहास हेर्दा यो जग्गाकाधनी श्री ३ भीमशमसेरका काँग्रेशी नाती सुवर्णशमसेर राणा रहेछन् । २०२१ मंसिर १५ गते उचित मुआब्जा दिएर नेपाल सरकारले उनको केहि जग्गा ( अर्थात https://ne.m.wikipedia.org/wiki/ललिता_निवास) अधिग्रहण गरेको रहेछ भने केहि जग्गा तत्कालिन राजा महेन्द्र सरकारले हडपिसेको रहेछ किनभने उहाँले सुवर्ण काँग्रेस भएको रुचाईसेको रहेनछ ।
त्यहि हडपेको जग्गा कृष्णप्रसाद भट्राईले प्रधानमन्त्री हुदा फिर्ता दिनुभएको रहेछ ।( त्यसो त मलाई राम्रो सँझना छ उति बेला भट्टराईले गलत निर्णय गर्नुभयो भावनामा बग्नु भयो बिबाद आउँछ भनिएको थियो, ) 
ललिता निवासको फिर्ता मिलेको जमीनमा होईन रहेछ एनआरएन भवन बनेको । यो त सरकारले २०२१ सालमा अधिकरण गरेको जमीनमा बनेको रहेछ ! 
एनआरएनलाई अधिकरणमा परेको यो सरकारी जग्गा कृष्णप्रसादले फिर्ता दे को भन्दै भू माफियाहरु रामकुमार सुवेदी र शोभाकान्त ढकाल तथा उनका आफन्तले बेचेका रहेछन् । 
अब दुई प्रश्न छन् :
एनआरएनको तर्फबाट यो जग्गा कसले किन्नुभएको हो ? उहाहरु माथि छानबिन हुन पर्छ पर्दैन ? पर्छ भने कल्ले गर्छ ?
यो भवन अब कसको हुन्छ ? थोपा थोपा गरेर पैसा जुटाएका म जस्तै बिदेशिएका नेपालीको भावना प्रतिनिधित्व गर्ने एनआरएन को कि बालुवाटारका प्रधानमन्त्री निवासका कर्मचारीको ?

उहाँको यो बिचारलाई हामीले फेसबुकबाट साभार गरेका हौं । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video